२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको आईपीएल: बेंगलुरुलाई लखनउको चुनौती, यस्तो छ हेड-टु-हेड



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औं सिजनको १५ औँ खेलमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले लखनउ सुपरजायन्ट्स (एलएसजी) सँग खेल्दैछ । बेङ्लुरुको एम चिन्नास्वामी स्टेडियममा हुनलागेका खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

जारी सिजनमा आरसीबीले आज चौथो र एलएसजीले तेस्रो खेल खेल्न लागेको हो । आरसीबीले यसअघिको तीन खेलमा दुई खेलमा हार र एक खेलमा जित निकालेको छ भने एलएसजीले एक हार र एक जितेको छ । अंक तालिकामा लखनउ छैटौं र बेंगलुरु  नौौं स्थानमा छ ।

बेंगलुरु र लखनउबिचको हेड-टु-हेड

आईपीएलमा बेंगलुरु र लखनउले हालसम्म ४ वटा खेल खेलेका छन् । जसमा बेंगलुरुले ३ र लखनउले एक खेल जितेको छ । एक विकेटले जितेको थियो।

विराट कोहली बेंगलुरुको लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनको नाममा ३ खेलमा २ अर्धशतकसहित १८१ रन छ । यस्तै, यश दयाल टोलीका सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले प्रत्येक खेलमा १–१ विकेट लिएका छन् ।

लखनउको लागि निकोलस पूरनले सर्वाधिक रन बनाएका छन् । पुरनले यो सिजन २ खेलमा ६४ र ४२ रनको इनिङ खेलेका छन् । यस्तै, मयंक यादवले सर्वाधिक विकेट लिएका छन् । उनको नाममा ३ विकेट छ ।

पिच रिपोर्ट

बैंगलोरको एम चिन्नास्वामी स्टेडियमको पिच ब्याट्सम्यानका लागि सहयोगीपूर्ण रहेको छ । यहाँ अहिलेसम्म आईपीएलका ९० खेल खेलिएका छन् । जसमा पहिले ब्याटिङ गरेको टोलीले ३७ खेल जितेको छ भने ४९ खेल पछ्याउने टोलीले जितेको छ । यहाँ ४ खेल निर्णायक रह्यो ।

मौसम अवस्था

मंगलबार बेंगलुरुमा पानी पर्ने सम्भावना छैन। खेलको दिनको तापक्रम २२ देखि ३६ डिग्री सेल्सियसको बीचमा रहनेछ।

रोयल च्यालेन्जर्स बेंगलुरुको सम्भावित प्लेईङ ११:

फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, रजत पाटीदार, ग्लेन म्याक्सवेल, क्यामरन ग्रीन, दिनेश कार्तिक (विकेटकिपर), अनुज रावत, अल्जारी जोसेफरलकी फर्गुसन, मयंक डागर, यश दयाल र मोहम्मद सिराज।

इम्प्याक्ट प्लेयर: सुयश प्रभुदेसाई, विजयकुमार व्यास, कर्ण शर्मा।

लखनऊ सुपरजायन्ट्सको सम्भावित प्लेईङ ११:

निकोलस पूरन (कप्तान), क्विन्टन डी कक, देवदत्त पडिक्कल, दीपक हुडा, मार्कस स्टोइनिस, आयुष बडोनी, क्रुणाल पाण्ड्या, रवि बिश्नोई, मोहसिन खान, मयंक यादव र यश ठाकुर।

इम्प्याक्ट प्लेयर: केएल राहुल।




भर्खरै