२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनदेखि एघार सय किलोमिटर टाढा रहेको रूसी क्षेत्रमा ड्रोन आक्रमण



अ+ अ-

मस्को । युक्रेनबाट एक हजार १०० किलोमिटर भन्दा बढी दूरीमा रहेको तातारस्तानमा रहेको कारखानामा ड्रोन आक्रमण भएको रूसले जनाएको छ ।

तातारका नेता रुस्तम मिन्निखानोभको सञ्चार शाखाले टेलिग्रामलाई दिएको जानकारीअनुसार ‘तातारस्तानमा येलाबुगा र निज्नेकम्स्कस्थित कारखानामा ड्रोन आक्रमण भएको’ हो ।

विज्ञप्तिमा भनिएको छ,“आक्रमणबाट गम्भीर क्षति भएको छैन र कारखानाको काम प्रभावित भएको छैन तर येलाबुगामा मानिसहरू घाइते भएका छन् ।”

रूसको विशेष आर्थिक क्षेत्र मानिने येलाबुगा नजिकै रासायनिक र मेकानिकल ईन्जिनियरिङ र धातुजन्य सामान उत्पादन गर्ने कारखानाहरू छन् भने निज्नेकम्स्कमा पेट्रोल उत्पादन गर्ने कारखाना रहेको छ ।

अलाबुगा विशेष आर्थिक क्षेत्रमा एउटा घरमा दुईवटा ड्रोन प्रहार हुँदा दुई जना घाइते भएको स्थानीय प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।