२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक भागबण्डाले न्यायाधीश नियुक्तिमा समस्या भयो: सोविता गौतम



तस्बिरः किरणराज विष्ट/रासस
अ+ अ-

काठमाडौँ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले न्यायाधिश नियुक्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

न्यायाधीश नियुक्तिको विषयलाई राजनीतिक भागबण्डाको विषय बनाएपछि समस्या आएको उहाँको भनाई थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गौतमले सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्दा समेत राजनीतिक भागबण्डाको पर्खाईमा बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनु भयो । उहाँले कारागारभित्र क्षमताभन्दा ४ गुणा बढी कैदीबन्दी राखिएको भन्दै आपत्ति समेत जनाउनु भयो ।

सांसद गौतमले भन्नुभयो, ‘जेलमा साँच्चीकै हामीले क्षमताभन्दा बढि कैदीबन्दीलाई राखेको अवस्था हामीले देख्यौं । क्षमता भन्दा चार गुणा बन्दी कैदीबन्दी जेलमा राखिएको अवस्था देखियो । हामीले अन्तरक्रियाको क्रममा थाहा पायौं–कोही सजाय काटिरहेका छन । कोही पुर्पक्षका लागि थुनामा बसिराखेका छन् । हिरासतमा बसिरहेका छन । त्यहाँ उनीहरुले हामी यहाँ के काम गरेर बस्ने ? काम छैन दिनभरी के गरेर बस्ने ? हामी परिबन्धमा पर्‍यौं । यहाँ हामी अनुत्पादक भयौं । उत्पादनशील हुन सकेनौ भनेर उहाँहरुले राख्नु भएको थियो । सुधारका लगिएकाहरु सुध्रिएर आउने अवस्था छैन । मनोबल झन बढी गिराएर बस्नुभएको छ । उहाँहरुले बाहिर ल्याएका पुनस्थापित गराउने राज्यको जुन उद्देश्य छ । त्यो उद्देश्य पूर्ति होलाजस्तो हामीलाई महशुस भएन ।

त्यहाँ एउटा मानव अधिकारको न्युनतम आवश्यक्ता पनि पूरा नभएको जस्तो देखिन्छ । त्यो सबै हेर्दाखेरी राज्यले सबै खालको ऐन, कानून बनाउँदाखेरी सजाय चाहीँ जेल भित्र लगेर राख्ने । अनि उनीहरुको न्युनतम आधारभुत आवश्यकता पनि पूरा गर्न नसक्ने हो भने राज्यले यो के खालको नीति लिईरहेको छ ? हामीले अब सोच्नुपर्ने बेला भएको छ सभामुख महोदय । न्यायालयलाई बजेट दिँदा पनि सोच्नुपर्ने देखिन्छ । अव न्यायाधिश नियुक्तीको विषयमा पनि हामीले सोच्नुपर्ने विषय छ सभामुख महोदय । न्यायाधीश नियुक्तीमा हामीले राजनीतिलाई छिरायौं सभामुख महोदय । आज सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिगर्दाखेरी एक जना खाली भयो भने त्यहाँ नियुक्ति गर्नुपर्नेमा ४/५ जना खाली गराउने पर्खाईमा छौँ । र त्यहाँ भागबण्डा गर्ने पर्खाईमा छौ कि सभामुख महोदय । यो विषयमा हामीले गम्भिर भएर सोच्नुपर्ने स्थिति आईसकेको छ ।’

सांसद गौतमले सुधारका लागि कारागारमा लगिएको कैदीबन्दीहरु झनै अपराधिक मनोबल लिएर बाहिर आउने सम्भावना रहेको औंल्याउँदै त्यसतर्फ गम्भिर भएर काम गर्न पनि सरकारलाई दबाब दिनुभयो ।