२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मीसँगै बढ्यो खर्बुजाको व्यापार



अ+ अ-

गाईघाट । गर्मी बढेसँगै केही दिनदेखि यता उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रमा खर्बुजाको व्यापार तथा कारोबार बढेको छ । गर्मीको कारण दैनिक खर्बुजा किन्ने ग्राहक बढेसँगै यसको कारोबारमा समेत वृद्धि भएको व्यापारी बताउँछन् ।

चैत महिना लागेसँगै खर्बुजाको व्यापार सुरु गरेका गाईघाटका सुरेश सहनीका अनुसार अहिले दैनिक चार हजारदेखि बढीको खर्बुजाको बिक्री हुने गरेको छ । गाईघाट बजार पिलचौकमा खर्बुजाका व्यापारी लोकेन्द्र मण्डलले दैनिक तीन हजारभन्दा बढीको खर्बुजा बिक्री गरिरहेको बताउनुभयो । चितवन, झापा तथा सुनसरीको दक्षिणी भागबाट खर्बुजा खरिद गरेर ल्याई गाईघाटमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

चैतदेखि जेठ महिनासम्म खर्बुजाको राम्रो कारोबार तथा व्यापार हुने गरेको छ । प्रतिकिलो रु ४० देखि ६० सम्ममा खरिद गरेर ल्याई गाईघाटमा न्यूनतम रु ८० देखि एक सय २० किलोसम्ममा बिक्री गर्ने गरेको व्यापारीहरु बताउँछन् । गर्मी बढ्दै जान थालेपछि टाढाबाट आवतजावत गर्ने यात्रु र स्थानीयवासीले खर्बुजा खाने गरेका छन् । रासस