२३ जेष्ठ २०८३, शनिबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालीहरुको विदेश पलायनलाई रोक्नुपर्छः सौगात मल्ल



अ+ अ-

काठमाडौँ । अभिनेता सौगात मल्लले नेपालीहरु विदेश पलायन हुनेक्रम रोक्न आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार चलचित्र ‘द रेड सुटकेश’ को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूसँग अध्ययन गर्दाका साथीहरु अहिले नेपालमा नरहेको भन्दै दुःख लाग्ने गरेको बताउनु भयो । उहाँले आगामी केही वर्षपछि नेपालको अवस्था कस्तो हुन्छ भन्ने सोचेर झस्किने गरेको बताउनु भयो । उहाँले राज्यले नै आवश्यक नीति नियम बनाएर युवा पलायनको अवस्थालाई रोक्न जरुरी रहेको बताउनु भयो । युवाहरु विदेश पलायन भइरहेको अवस्थालाई राज्यले बेवास्ता गरिरहेको बताउनु भयो । उहाँले विदेश पलायन भइरहेको विषयलाई राज्यले के फरक पर्ला र ? भन्ने ध्येयका साथ लिने गरेको दुःखेसो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो देखिरहेको कुरा हो, मेरै साथीहरु नेपालमा छैनन् अहिले । कोही हिरो बन्ने, कोही डाक्टर, आर्मी, पुलिस बन्छु भन्ने साथीहरु बाहिर नै छन् । यो दुःख लाग्ने कुरा हो । अब केही समयपछि त कोही पनि हुँदैनन् की जस्तो छ, यसले मलाई झसंग, झसंग पार्दछ । मनमा एकखालको अफ्ठ्यारो लाग्छ, कसरी रोक्न सकिन्छ जस्तो लाग्छ । यसलाई कसरी रोक्ने भन्ने ठ्याक्कै थाहा छैन । सरकारले काम गर्ने हो । तर सरकार पनि बेवास्ता गरिरहेको जस्तो देखिन्छ, केही मतलव नै छैन जस्तो देखिन्छ, के फरक पर्ला र ? भन्ने जस्तो देखिन्छ, तर केही होस् भन्ने चाहन्छुु ।’

चलचित्रमा कलाकारहरु विपिन कार्की, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, प्रविण खतिवडा रहेका छन् । चलचित्र रेड सुटकेसको लेखन÷निर्देशन फिडेल देवकोटाले गर्नुभएको हो ।