२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः फेरि शीर्षस्थानमा फर्कियो लिभरपुल



अ+ अ-

काठमाडौँ । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको अंकतालिकाको शीर्षस्थानमा फर्किएको छ ।

गएराति भएको खेलमा शेफिल्ड युनाइटेडमाथि ३–१ गोलको जित निकाल्दै लिभरपुल शीर्षस्थानमा उक्लिएको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डार्विन नुनेज, एलेक्सिस म्याक एलिस्टर र कोडी गाक्पोले गोल गरे । लिभरपुलकै कोनोर बार्डलीले आत्मघाती गोल गरेका थिए ।

जितसँगै लिभरपुलको ३० खेलबाट ७० अंक भएको छ । आर्सनल ६८ र म्यान्चेस्टर सिटी ६७ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । शेफिल्ड १५ अंकसहित तालिकाको पुछारमा छ ।