२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाली गुराँस : वनैभरी ढकमक्क… (फोटो फिचर)



अ+ अ-

अहिले लाली गुराँस फूल्ने मौसम हो । नेपालका पहाडि र हिमाली जिल्लाका वन लाली गुराँसले ढकमक्क भएका छन् ।

लाली गुराँस नेपालको राष्ट्रिय फूल हो । यो फूललाई भारतको उत्तराखण्ड राज्यले पनि आफ्नो राष्ट्रिय फूलका रुपमा राखेको छ ।

विशेष गरी पहाडी भेगमा पाईने गुराँसको एक प्रजाती हो लाली गुराँस । यो फूल सामान्यतया फागुन, चैत र वैशाखमा फूल्छ ।

फूलको आकार औसत अरु फूलहरू भन्दा केही ठुलो हुन्छ । यसको पात लामो हुन्छ । पातको लम्बाइ लगभग ५ देखि १० से.मी. सम्म हुन्छ । यसको रुखको उचाई र आकार ठाउँ अनुसार फरक हुन्छ । निम्न पहाडी भू–भागमा यसको रुख मध्यम खालको हुन्छ भने उच्च पहाडी भागमा यसको रुख धेरै ठुलो र झ्याम्म परेको हुन्छ ।

विश्वमा लाली गुराँससँग मिल्दोजुल्दो प्रजातिका अन्य ५ गुराँस पाइन्छन् । यसै वर्गमा पर्ने सेतो गुराँस अर्थात ३ हजार मीटरभन्दा माथिको उचाइमा पाइन्छ । गुराँसको राजधानी भनेर तीनजुरेलाई मानिन्छ ।

यसको फूललाई जुस बनाउन प्रयोग गरिन्छ । यो पतझड वर्गमा पर्दछ । यसको रूख होचो झ्याम्म परेको हुन्छ जुन धेरजसो भीरालो ठाउँमा उम्रन्छ ।

नेपालमा पाइने लाली गुराँसका प्रजातिहरू औषधि मानिन्छन् । लाली गुराँस घाँटीमा खानेकुरा वा अरु केही चीज अड्किएको बेलामा खाँदा खड्किएको चीज निस्कन्छ । त्यसैले पनि यसलाई औषधि मानिन्छ ।

विश्वको सबैभन्दा अग्लो लालीगुराँसको बोट नेपालमा छ । इलामको मङ्गलबारेमा १६.१ मीटर अग्लो लाली गुराँसलाई गिनिज बुकले विश्वको सबैभन्दा अग्लो गुराँसको रूपमा अङ्कित गरेको छ ।