२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा जोखबहादुर महराले बुझाए बहुमत सांसदको हस्ताक्षर



अ+ अ-

रुपन्देही । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले मुख्यमन्त्री पदको लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका छन् ।

बिहीबार प्रदेशसभामा मुख्यमन्त्री डिल्ली चौधरीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि महराले बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । उनले ४४ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले महरालाई आजै मुख्यमन्त्री नियुक्ति गर्ने तयारी रहेको छ । एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएको हो ।

 




भर्खरै