२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टार खेलाडी खचाखच भएको बैंगलोरको बिमारी केमा छ ?



अ+ अ-

एजेन्सी । विराट कोहली, क्रिस गेल, एबी डिभिलियर्स र ग्लेन म्याक्सवेल जस्ता महान ब्याट्सम्यानले इन्डियन प्रिमियर लिगको इतिहासमा सबैभन्दा लोकप्रिय टोली आरसीबीबाट खेलेका छन्, तर आजसम्म यो टोलीले आईपीएल ट्रफी उचाल्न सकेको छैन ।

आईपीएल २०२४ मा विराट कोहली, फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेल भए पनि आरसीबी पछि परिरहेको छ । चालू सिजनमा आरसीबीले ४ खेलमा १ जित मात्रै दर्ता गर्न सकेको छ । रोयल च्यालेन्जर्स बैंगलोरको अवस्था यस्तै रह्यो भने प्लेअफमा पुग्न कठिन हुनेछ ।

विश्वस्तरीय बलिङ र ब्याटिङ भए पनि आरसीबी किन अहिलेसम्म आईपीएल च्याम्पियन बन्न सकेको छैन भन्ने एउटा ठूलो प्रश्न छ । अब रिटायर्ड भारतीय क्रिकेटर अम्बाती रायुडुले बैंगलोर टिमको सबैभन्दा ठूलो समस्याको खुलासा गरेका छन् ।

स्टार स्पोर्ट्स शो ‘क्रिकेट लाइभ’ मा, अम्बाती रायुडूले आरसीबीका खेलाडीहरूको खिल्ली उडाउँदै भने, ‘हेर्नुहोस्, दबाबको अवस्थामा उनीहरूका लागि कसले ब्याटिङ गर्छ ? युवा भारतीय ब्याट्सम्यान र दिनेश कार्तिकले यो गर्छन् । उनीहरूका ठूला र प्रसिद्ध अन्तर्राष्ट्रिय खेलाडीहरू कहाँ छन् । कसले जिम्मेवारी लिने ? तिनीहरू सबै कहाँ छन् ? तिनीहरू सबै ड्रेसिङ रुममा बसिरहेका छन् । यो टोलीसँग विगत १६ वर्षदेखि यस्तै भइरहेको छ ।’

रायुडुले थप भने, ‘यो आरसीबीको कथा हो । जब दबाब आउँछ, हामी कुनै पनि ठूला नामले जिम्मेवारी लिएको देख्दैनौं तर युवा खेलाडीहरूले आफ्नो काँधमा बोझ लिएका छन् । ठूला र प्रसिद्ध खेलाडीहरू माथिल्लो क्रममा खेलिरहेका छन् । एउटा टोली कहिल्यै च्याम्पियन बन्न सक्दैन । यही कारण हो कि आरसीबी आज सम्म आईपीएल च्याम्पियन बन्न सकेको छैन ।’

बैंगलोरले भोलि शनिबार जयपुरमा राजस्थान रोयल्सको सामना गर्दैछ ।




भर्खरै