२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम र बझाङमा आज उम्मेदवारी दर्ता गरिँदै



अ+ अ-

काठमाडौं । आगामी वैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।

इलामको प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङको प्रदेशसभा १ (क)मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न लागिएको हो ।

एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ क्षेत्र खाली थियो । यहाँ नेकपा एमालेले सुवासका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । यसैगरी नेपाली कांग्रेसका तर्फबाट डम्बर खड्का चुनावी मैदानमा छन् ।

रास्वपाबाट मिलन लिम्बू, पहिचानवादीबाट डाकेन्द्रसिंह थेगिम, राप्रपाबाट लक्ष्मी गुरुङ र नेकपा एकीकृत समाजवादीबाट जीतबहादुर राई प्रतिस्पर्धामा उत्रिएका छन् । उनीहरुले आज मनोनयन दर्ता गर्दै छन् । नेकपा एमालेले भने एमालेका उम्मेदवार सुहाङलाई सघाउने निर्णय गरिसकेको छ ।

यसैगरी बझाङमा पनि आजै उम्मेदवारी दर्ता गरिँदै छ ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि मतदानस्थल र केन्द्र निर्धारण गरेको छ । देशभरमा १० हजार आठ सय ९२ मतदान केन्द्र स्वीकृत भएको र उपनिर्वाचनअन्तर्गत इलाम जिल्ला प्रतिनिधिसभा सदस्य क्षेत्र नं २ का लागि ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र निर्धारण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी बझाङ जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको छ ।