८ असार २०८३, सोमबार
,
Latest
काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम क्षेत्र नं २ उपनिर्वाचनः सातजनाको मनोनयन दर्ता



अ+ अ-

इलाम । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ कोे उपनिर्वाचनका लागि केहीबेर अघिसम्म सात जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी मनोनयन दर्ता गराउनेमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का साझा उम्मेदवार सुहाङ नेम्बाङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ , नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिम र नेकपा (एकीकृत समाजवादी)का जीतबहादुर राई रहेका छन् ।

सवै उम्मेदवारले बाजागाजा र झाँकीसहित निर्वाचन कार्यालयमा गइ उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेसलगायत दलका उम्मेदवारले पनि उम्मेदवारी दर्ता गर्ने तयारी छ । इलाम क्षेत्र नं २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता भइरहेको हो ।