२६ असार २०८३, शुक्रबार
,
Latest
राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने राष्ट्रिय सेवा दल विधेयक युवालाई युद्ध वा द्वन्द्वमा पठाउने उद्देश्यले ल्याइएको होइनः मन्त्री गौतम वन संरक्षणको सन्देश बोकेको लुम्बिनी प्रदेशको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न… संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभु साहद्वारा तेस्रो जनआन्दोलनको उद्घोषः अहिलेका शासकले व्यवस्थामाथि बेइमानी गरेको ठहर



अ+ अ-

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको तर्फबाट तेस्रो जनआन्दोलनको घोषणा गर्नुभएको छ ।

शनिवार काठमाडौंमा जन आन्दोलन दिवसको अवसरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै तेस्रो जनआन्दोलनको घोषणा गर्नुभएको हो । उहाँले पहिलो जनआन्दोलनले नेपालबाट पञ्चायती व्यवस्था खारेज गरेको, दोस्रो जनआन्दोलनले नेपालबाट राजतन्त्रको अन्त्य गरेको भन्दै तेस्रो जनआन्दोलनले लुटकारी दलतन्त्रको अन्त्य गर्ने बताउनु भयो ।

उहाँले अहिलेका व्यवस्थालाई लुटकारी व्यवस्थाको संज्ञा दिँदै नेपालको समृद्धिको लागि अहिलेको व्यवस्था अन्त्य गर्न जरुरी रहेकाले तेस्रो जनआन्दोलन शुरु गर्नुपरेको बताउनु भयो । उहाँले अहिलेको पार्टी र नेताहरुले आफ्नो पुस्ताका लागि मात्रै काम गरिरहेको जिकिर गर्नुभयो । लोकतान्त्रिक व्यवस्थामा अहिलेका शासकहरुले बेइमानी गरेको उहाँको ठहर छ ।

उहाँले भन्नुभयो, ‘पहिलो जनआन्दोलनले नेपालबाट पञ्चायती व्यवस्था खारेज गरेको थियो । दोस्रो जनआन्दोलनले नेपालबाट निरंकुस राजतन्त्रको अन्त्य ग¥यो, आज तेस्रो जनआन्दोलनको उद्घोष हो । आज नेपालमा लुटकारी जो दलतन्त्र छ, यसको अन्त्यको लागि आज उद्घोषको दिन हो । म यस सभामार्फत नयाँ तेस्रो जनआन्दोलनको उद्घोष गर्न चाहन्छु । तपाईहरुलाई साक्षी राखेर आम नेपाली जनतालाई साक्षी राखेर हामी भन्न चाहन्छौँ, नेपालको समृद्धिको लागि अहिलेको लुटकारी व्यवस्था अन्त्य गर्नुपर्छ, यसको एउटा ऐतिहासिक दिनको आजको शुरुवात हो ।

तेस्रो जनआन्दोलनको आज उद्घोष गर्न चाहन्छु । जन आन्दोलन जनता र पार्टीहरु मिलेर गरेका थिए । तर आज तपाईं हेर्नुहुन्छ भने पार्टीका नेताहरु आफ्नो तीन पुस्तालाई पुग्ने गरी आफ्नो अधिकार, आफ्नो अस्तित्वलाई सुनिश्चित गर्नेगरी व्यवस्थामा बेइमानी गरे ।

जनता निरीह र लाचार जस्तो हुने र प्रमुख पार्टीहरु सिण्डिकेट बनाएर देशमा पार्टीको सिण्डिकेट, गुटको र गुट भित्र पनि नेताको हालीमुहाली ठूलो नेताको आसेपासेले मोज गर्ने र जनता लाचार भएर बस्ने लोकतन्त्र हामीलाई चाहिएको छैन । चोर नेताका कारण, जनताप्रति घात गरेका कारण नेताका लागि आज लोकतन्त्र भयो, पार्टीको लागि लोकतन्त्र भयो, जनता जहाँको त्यहीँ छन् । त्यसलाई सच्याउन हामीले तेस्रो जनआन्दोलनको उद्घोष गरेका छौँ ।’

अध्यक्ष साहले नेपालमा शासकहरुले बनाएको माहोलले जनताहरु चिन्तित भएको बताउनु भयो । उहाँले जनताहरु भविष्य के हुने हो भन्नेमा निराश रहेको बताउनु भयो ।