२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज: अन्तिममा रहेको मुम्बई र दिल्ली खेल्दै



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ मा आज डबल हेडर अर्थात् दुई खेल हुनेछन् । आइतबारको पहिलो खेल मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच हुनेछ । मुम्बईको वानखेडे स्टेडियममा हुनलागेको खेल दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ । टस ३:१५ बजे हुनेछ ।

मुम्बई इन्डियन्सले यो सिजन एक खेल पनि जित्न सकेको छैन । जहाँ दिल्लीले विशाखापट्टनममा चेन्नईविरुद्ध २० रनले जित हासिल गरेको थियो। अंक तालिकामा दिल्ली ९ नम्बरमा र मुम्बई अन्तिम स्थानमा छ ।

आजको खेलमा तीन महिनादेखि घाइते मुम्बईका ब्याट्सम्यान सूर्यकुमार यादव पुनरागमनको तयारीमा छन् ।

हेड टु हेड

आईपीएलमा हालसम्म यी दुई टोलीबीच कुल ३३ खेल खेलिएका छन् । जसमध्ये दिल्लीले १५ जितेको छ भने मुम्बईले १८ जितेको छ । वानखेडे रंगशालामा भने यी दुई ९ पटक आमनेसामने भएका छन् । जसमध्ये एमआईले ६ पटक र दिल्लीले ३ पटक जितेको छ ।

आज मुम्बईको लागि ओपनिङमा रोहित शर्मा र इशान किशन दुवैबाट राम्रो सुरुवातको अपेक्षा गरिएको छ । तिलक वर्माले मिडल अर्डरमा राम्रो प्रदर्शन गरिरहेका छन् । उनी टोलीका सर्वाधिक रनकर्ता हुन् ।बलिङतर्फ आकाश माधवाल चम्किएका छन् । उनले यो सिजनको आफ्नो पहिलो खेलमा उनले राजस्थान रोयल्सविरुद्ध ३ विकेट लिएका थिए ।

यस्तै, डिसीका लागि फर्किएका कप्तान ऋषभ पन्तले लगातार दुई अर्धशतक बनाएर उत्कृष्ट प्रदर्शन गरेका छन् । डिसीका अन्य ब्याट्सम्यानले भने खासै राम्रो गर्न सकेका छैनन् । डेभिड वार्नर (१४८ रन) र ट्रिस्टन स्टब्स (१०३) अलिकति राम्रो छन् । बायाँ हाते तेज बलर खलिल अहमदले बलिङमा प्रभावशाली प्रदर्शन गरिरहेका छन् । यो सिजनमा उनले ६ विकेट लिएका छन् ।

दिल्ली क्यापिटल्सका तेज बलर मुकेश कुमार र स्पिनर कुलदीप यादव घाइते भएका छन् । मुकेश कुमार चेन्नईविरुद्धको खेलमा ह्यामस्ट्रिङको चोटका कारण बाहिर भएका थिए । जबकि कुलदीप यादव तिघ्राको चोटका कारण अन्तिम २ खेलबाट बाहिर छन् । उसले केही खेल गुमाउन सक्छ।

पिच रिपोर्ट

वानखेडेको पिच सामान्यतया बलरभन्दा ब्याट्सम्यानलाई बढी सहयोगी साबित हुन्छ। हाई स्कोरिङ खेलहरू यहाँ खेलिएका छन्। यहाँ पेसर्सले पनि सहयोग पाउँछन् । विशेष गरी यहाँको स्विङ र बाउन्स नयाँ बलसँग राम्रो हुन्छ।

अहिलेसम्म यहाँ ११०आईपीएल खेलहरू खेलिएका छन्। ५० खेलमा पहिलो इनिङ्समा ब्याटिङ गरेको टोलीले र ६० खेलमा पछ्याउने टोलीले जित हासिल गरेको छ ।

मौसम अवस्था

सोमबार मुम्बईमा मौसम राम्रो रहनेछ। पानी पर्ने कुनै सम्भावना छैन । तापमान २४ देखि३४ डिग्री सेल्सियस सम्म हुन सक्छ।

मुम्बई इन्डियन्सको सम्भावित प्लेईङ ११:

हार्दिक पाण्डेय (कप्तान), रोहित शर्मा, इशान किशन (विकेटकीपर), सूर्यकुमार यादव, तिलक वर्मा, रोमारियो शेफर्ड, टिम डेभिड, पियुष चावला, आकाश माधवाल, जेराल्ड कोएट्जी र जसप्रित बुमराह।
इम्प्याक्ट प्लेयर: नमन धीर

दिल्ली क्यापिटल्सको सम्भावित प्लेईङ ११:

ऋषभ पन्त (विकेटकीपररकप्तान), पृथ्वी शा, डेभिड वार्नर, मिचेल मार्स, ट्रिस्टन स्टब्स, अभिषेक पोरेल, अक्षर पटेल, सुमित कुमार, झे रिचर्डसन, इशान्त शर्मा, खलील अहमद।
इम्प्याक्ट खेलाडी: रसिक सलाम