८ असार २०८३, सोमबार
,
Latest
कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपा महाधिवेशनमा भोजन तालिकाः बिहान खसीको मासु–भात र बेलुका मिक्स भेज तरकारी नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपक मनाङे पाँचौ पटक मन्त्री बन्दै



फाईल फोटो
अ+ अ-

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज दिउँसो साढे तीन बजे शपथ लिने कार्यक्रम रहेको छ ।

नेता अधिकारीले एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आठ (सभामुखसहित) र एक स्वतन्त्र गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा नियुक्त भएका हुन् ।

अधिकारीले शपथसँगै ३ सदस्यीय मन्त्रिपरिषद गठनको तयारी समेत गरेका छन् । उनले माओवादीबाट १ जना र दीपक मनाङेलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

मनाङेले चैत महिनामा मात्र दोस्रो पटक मन्त्रीको शपथ खाँदैछन् । मनाङे यही चैत ५ गते निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सरकारमा भौतिक पूर्वाधार मन्त्री बनाएका थिए । आज मनाङे पाँचौँ पटक मन्त्री बन्न लागेका हुन् ।