२६ असार २०८३, शुक्रबार
,
Latest
संसद्मा पुनको प्रश्न : प्रेम आचार्यको आत्मदाहमा राज्यलाई दोष दिने बालेन, गणेश नेपालीको घटनामा पनि… उर्जा उत्पादकसँग प्रधानमन्त्री साहले भने–‘ जनतालाई कसरी प्रत्यक्ष लाभान्वित गराउन सकिन्छ, त्यसमै लागौँ’ गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्दछः एमाले सांसद सुब्बा सरकारले गणेश नेपाली मृत्यु प्रकरणको दोषीमाथि तत्काल कडा कारबाही गरोस्ः नेकपा सांसद विक राज्यको अमानवीय व्यवहारले नागरिक आत्मदाह गर्न बाध्य भए : योगेश भट्टराई आत्मदाह: व्यक्तिको अन्तिम निर्णय कि राज्य, नीति र समाजको सामूहिक असफलता? प्रधानमन्त्रीलाई काँग्रेस प्रमुख सचेतक थापाको प्रश्नः गणेश नेपाली मृत्य प्रकरणमा किन मौनता साँधेको ? गणेश नेपालीको घटनापछि सभापति थापाको आग्रह: दोषारोपण होइन, सामूहिक आत्मचिन्तन गरौँ बीमा, ओभरलोड र जरिवाना नीतिमा सुधार गर्न सरकारलाई ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सुझाव गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीशको परीक्षामा न्यूनतम ४० अङ्क कायम गर्ने सहमति



अ+ अ-

काठमाडौँ । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिइने परीक्षामा न्यूनतम उत्तीर्ण अङ्क ४० प्रतिशत कायम गर्ने विषयमा सहमति भएको जनाएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विषयमा दफावार छलफल हुँदा उक्त सहमति भएको हो ।

न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि न्यूनतम ५० प्रतिशत अङ्क ल्याउनुपर्ने यसअघिको प्रावधान रहँदा धेरै विद्यार्थी अनुत्तीर्ण भएको हुँदा केही परिमार्जन गेर जानुपर्ने विषयमा सहमति भएको हो । आयोगले यसअघि लिएको परीक्षामा एकजना मात्र उत्तीर्ण हुनुभएको थियो ।

कानुन, न्याय तथा संसदीय ममिलामन्त्री पदम गिरीले परीक्षामा अधिकतम नम्बर ल्याउने नै प्रतिस्पर्धामा आउने भएको हुँदा न्यूनतम अङ्क ४० प्रतिशत राख्दा उपयुक्त हुने धारणा राख्नुभएको थियो । उक्त विषयमा समितिमा वृहत छलफल भएर सहमति भएको हो ।

समितिका सदस्यहरु महेश बर्तौला, जीवन परियारलगायतले परीक्षा प्रणाली र पाठ्यक्रममा सुधार गर्नुपर्ने र न्यायाधीशजस्तो विषयमा हल्कारुपमा लिन नहुने विषयमा सुझाव दिँदै न्यूनतम ४० प्रतिशत अङ्क राख्न सहमति जनाउनुभएको थियो ।

जिल्ला न्यायाधीशको परीक्षामा असाध्यै न्यून विद्यार्थी उत्तीर्ण भएपछि न्याय परिषद् सचिवको अध्यक्षतामा गठित पाठ्यक्रम परिमार्जन समितिले बनेको थियो । उक्त समिति सिफारिस २०८० सरोकारवाला विज्ञसहित समूहले पाठ्यक्रम परिमार्जन गरी न्याय सेवा आयोगलाई बुझाएर अनुमोदनसमेत भइसकेको छ । उक्त पाठ्यक्रम परीक्षण हुनै बाँकी छ । उक्त समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि चरणवद्धरुपमा छलफल भइरहेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक एक हप्ताभित्रमा टुङ्ग््याउने तयारीमा छलफल अघि बढाउनुपर्ने बताइरहनुभएको छ । उक्त विधेयक विभिन्न ७९ वटा कानुनलाई संशोधन गर्न ल्याएको एकीकृत विधेयक हो । रासस




भर्खरै