२३ जेष्ठ २०८३, शनिबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट



अ+ अ-

काठमाडौं:  बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुनेभएको छ । झापा जिल्लाका महत्वपूर्ण केन्द्रहरुलाई जोड्ने यस उदीयमान सहरमा आगामी चैत ३० गते शुक्रबार बेलुकी ब्याण्डका लोकरक भाकाहरु गुञ्जनेछन् 

धेरैअघि यस भेगको पुरानो वाणिज्य केन्द्र थियो बिर्ताबजार  कालान्तरमा महेन्द्र राजमार्ग बनेपछि सडकभएतिरै चहलपहल बढ्न थाल्यो। राजमार्गको जुन बिन्दुबाट बिर्ताबजार मोडिन्थ्यो त्यसलाई ‘बिर्तामोड’ भन्न थालियो  समयसँगै अब ‘बजार’ ले स्वयंलाई ‘मोड’ भित्रै बिलिन तुल्याइसकेको छ 

बढ्दो ब्यस्तता र सहरीकरणसँगै यातायात आवागमनको पनि तीब्र वृद्धिभएको बिर्तामोडमा यसअघि नेपथ्यले ‘ट्राफिक व्यवस्थापन’मा योगदान दिन कन्सर्ट गरेको थियो । यस भेगमा सवारी दुर्घटनाको मात्रा अत्यधिक वृद्धिभएको बेला सुरक्षित आवागमनको नाराका साथ पाँच वर्षअघि नेपथ्य प्रस्तुत भएको थियो । त्यसभन्दा पहिले भने द्वन्द्वकालमा शान्तिको आव्हान गर्दै ‘सुन्दर शान्त नेपाल’ अभियान अन्तर्गत नेपथ्यले यसै भूमिमा गीतहरु सुनाएको थियो । अहिलेको यो नवीन नगरपालिका त्यतिबेला भने ‘अनारमनी गाविस’ भनेर चिनिन्थ्यो । यसरी बिर्तामोडको विकासक्रमसँग जोडिँदै आएको नेपथ्यले अब भने यस सहरकै प्रमुख खेलकूद आयोजना ‘झापा गोल्डकप’लाई योगदान दिने उद्देश्यका साथ आफुलाई प्रस्तुत गर्नलागेको छ 

यो सिंगो भेगका दर्शक हाम्रा लागि बहुमूल्य निधिका रुपमा रहँदै आएका छन्,’ नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘कोभिड महामारीको लामो अन्तराललाई नाघेर ब्याण्ड फेरि जुर्मुराएको विन्दु छेवैको दमक बन्न पुगेको थियो भने केहि दिनअघि मात्र पनि हामी अर्को छेउमा रहेको इलाम करफोकमा प्रस्तुत भएका थियौं ।’

नेपथ्य मनपराउने दर्शक घेरामा उभिनका लागि आफु सदैव उत्साहित रहने गरेकामा अबको केहि दिनमै बिर्तामोडका संगीतप्रेमीहरु माझ पुग्न ब्यग्र भइरहेको पनि गुरुङले थपे 

स्थानीय डोमालाल राजवंशी रंगशालामा आयोजना हुने कन्सर्टका लागि टिकटको मूल्य एक हजार रुपैयाँ राखिएको छ । नेपथ्य यसभन्दा अघिल्लो कन्सर्टका बेला पनि यसै मैदानमा उभिएको थियो 

नेपथ्यको प्रस्तुतीलाई स्वदेशका साना सहरबजारदेखि लिएर ठुला सहरसम्म एकरुपता प्रदान गर्न हामी सदैव प्रयासरत रहँदै आएका छौं,’ व्यवस्थापक नेपालयका अर्पण शर्मा भन्छन्, ‘कलाकारबाहेक प्रविधि र प्राविधिकहरु समेत गरेर ठूलो टिमका साथ उपस्थितहुँदा यो एकरुपतालाई बिर्तामोडका दर्शकहरुले पनि महशुस गर्न सक्नेछन् ।’

बिर्तामोड कन्सर्टको आयोजना स्थानीय श्रृद्धि इभेन्टले गर्न लागेको हो । आयोजक सुमन धिमालका अनुसार सदाझैं त्यहाँको कन्सर्ट पनि निर्धारित समय अर्थात् शुक्रबार बेलुकी ठीक साढे छ बजे सुरुहुनेछ  आयोजनास्थलका ढोकाहरु भने त्यसभन्दा दुइ घन्टा अगावै अर्थात् ठीक साढे चार बजे खोलिनेछन् 

टिकटका लागि बिर्तामोड लगायत पूर्वका सहरहरुमा काउन्टरका व्यवस्था गरिएका छन् भने इन्टरनेटबाटै बुकिङ सुरक्षित गर्नका लागि अनलाइन टिकटको पनि व्यवस्था गरिएको छ । त्यसका लागि इच्छुक व्यक्तिले सोझै नेपथ्य डट कम (nepathya.com.npमा गएर टिकट खरिद गर्न सक्नेछन् ।

यो कन्सर्टलाई लिएर त्यस भेगका वासिन्दाहरु बीच सामाजिक सञ्जालमा चर्चा परिचर्चा ब्यापक हुँदै गएको देखिन्छ भने केहि फेसबुक पेजहरुले नेपथ्य ब्याण्डसँग जोडिएका विभिन्न प्रश्नहरु राख्दै विजेतालाई पुरस्कारका रुपमा टिकटको घोषणासमेत गर्दै आएको छ ।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामाबेस गितारमा सुबिन शाक्यगितारमा निरज गुरुङमादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन् ।

फोटोहरु: नेपथ्य/नेपालय