२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिक बढ्दै आँखाका रोगी: ८ महिनामा नेपाल आँखा अस्पतालमा पुगे १ लाख बढी बिरामी



अ+ अ-

काठमाडौँ । कोभिड—१९ महामारीपछि नेपालमा आँखाका बिरामीहरु बढेका छन् ।

कोरोना भाइरसपछि बालबालिकाहरुमा पनि आँखाको रोग बढ्दै गएको तथ्यांक बाहिरिएको हो । नेपाल आँखा अस्पतालले आईतवार पत्रकार सम्मेलन गर्दै नेपालमा दिनप्रतिदिन आँखाका बिरामीहरु बढ्दै गएको भन्दै आँखाको हेरचाहमा ध्यान दिन आग्रह गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका सचिव यज्ञध्वज सापकोटाले अर्थिक वर्ष २०८१/०८२ को ८ महिनामा अस्पतालमा आँखाका बिरामी बढ्दै गएको बताउनु भयो । उहाँले यो अवधिमा झन्डै १ लाख भन्दा बढीलाई उपचार सेवा दिएको बताउनु भयो ।

उहाँले इमर्जेन्सी सेवामार्फत २ हजार ७३५ जनालाई सेवा दिएको बताउनु भयो । उहाँले आँखाको रोग शुरुवाती उमेर र वृद्ध उमेरमा बढी देखिने भएपनि कोभिड १९ पछि बालबालिकाहरुमा धेरै मात्रामा रोग देखिएको बताउनु भयो । उहाँले अस्पतालले १६ वर्ष उमेर पुगेका भन्दा कम उमेर समूहका १५ हजार भन्दा बढी बालबालिकाको यस आठ महिनाको अवधिमा उपचार गरेको बताउनु भयो । उहाँले ३ हजार ५ सय ९८ सर्जरी गरेको पनि बताउनु भयो । उहाँले अस्पताल आउन नसक्नेहरुलाई दूरदराजमै पुगेर आठ महिनाको अवधिमा ७२१ जनाको शल्यक्रिया गरेको बताउनु भयो । दैनिक ४ सयदेखि ७ सय जना बिरामीहरुलाई बहिरंग सेवा दिने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस अर्थिक वर्ष २०८१/०८२ को ८ महिनाको तथ्यांकअनुसार झन्डै १ लाख भन्दा बढीलाई उपचार सेवा दिइसकेका छाँै । इमर्जेन्सी सेवामार्फत २ हजार ७३५ जनालाई सेवा दिएका छौँ । आँखाको रोग कस्तो हुन्छ भने हाम्रो उमेरको शुरुवातमा बढी समस्या हुन्छ, की प्रौढ अवस्थामा बढी समस्या हुन्छ । बच्चाहरुमा १६ वर्ष उमेर पुगेका भन्दा कमकामा पनि हामीले १५ हजार भन्दा बढी बालबालिकाको उपचार सेवा दिएका छौँ । ३ हजार ५ सय ९८ सर्जरी गरिएको ८ महिनामा गरेका छाँै । अस्पतालले यहाँ आउन नसक्नेहरुलाई दूरदराजका बिरामीहरुलाई पनि सेवा उपलब्ध गराउने कार्यक्रम गरेका छौँ । दूरदराजमा ७२१ जनाको शल्यक्रिया गरेका छौँ । हाल यस अस्पतालमा आउने झन्डै दैनिक ४ सयदेखि ७ सय जना बिरामीहरुलाई बहिरंग सेवा दिने गरेका छौँ । विद्यार्थीहरुको आँखा जाँच गरी नि:शुल्क परीक्षण गर्ने काम गरेका छौँ । कोभिड पछि आँखाको समस्या बालबालिकाहरुमा बढी देखिएको छ । गत ८ महिनामा १५ हजार बढी स्कुले विद्यार्थीको आँखा जाँच गरेका छौँ । एक हजार भन्दा बढी नि:शुल्क चश्मा वितरण गरेका छौँ । आँखा अस्पतालमा भविष्यमा बिरामीहरु अझ बढ्ने क्रम रहेको छ । फिजिकल स्पेस बढाउनेतर्फ हामीले सोचिरहेका छौँ ।’

उहाँले विद्यार्थीहरुको आँखा जाँच गरी विपन्नलाई नि:शुल्क चश्मा वितरण गरेको पनि बताउनु भयो । गत ८ महिनामा १५ हजार बढी विद्यार्थीहरुको आँखा परीक्षण गरी १ हजार भन्दा बढी विपन्न विद्यार्थीलाई चश्मा वितरण गरेको बताउनु भयो ।