८ असार २०८३, सोमबार
,
Latest
कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपा महाधिवेशनमा भोजन तालिकाः बिहान खसीको मासु–भात र बेलुका मिक्स भेज तरकारी नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगमैत्री १० कानुन ल्याउने तयारीमा सरकारः उद्योगमन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीको रायसुझावका आधारमा १० वटा नयाँ कानुन ल्याउन प्रक्रिया अघि बढेको बताउनुभएको छ ।

नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री भण्डारीले आसन्न लगानी सम्मेलनअघि १० वटा कानुन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारले देशमा लगानी भित्र्याउने उद्देश्यका साथ आगामी वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गर्दैछ ।

मुलुकको प्राकृतिक स्रोतसाधनमा आधारित उद्योगको विकास, बिस्तार एवं प्रवद्र्धनका पक्षमा रहेको सरकारले सोहीअनुसारको कानुन ल्याउने बताउँदै उद्योगमन्त्री भण्डारीले भन्नुभयो, “सरोकारवाला व्यवसायीको साथ सहयोगमा विदेशिएका नेपालीलाई स्वदेशमै ल्याई रोजगारी दिन तथा आयात न्यूनीकरणसहित निर्यात वृद्धिका पक्षमा आवश्यक नियम कानुन आएपछि जडीबुटीजन्य उद्योगकोसमेत विकास एवम् बिस्तार भई राष्ट्रिय अर्थतन्त्र थप चलायमान हुनेछ ।”

पूर्वमन्त्री एवं हर्बल उत्पादक सङ्घका पूर्वअध्यक्ष पार्वत गुरुङले मुलुकको भौगोलिक अवस्था र प्राकृतिक स्रोतसाधनका हिसाबले जडीबुटीजन्य उद्योगबाट देश लाभान्वित हुनसक्ने यथार्थलाई दृष्टिगत गरी सोहीअनुसारको नियम कानुन बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सङ्घका अध्यक्ष प्रेमराज तिवारीले हाल जडीबुटीजन्य उद्योगमा करिब एक हजारभन्दा बढी उद्योगी व्यवसायी आबद्ध भएको, १० लाख नेपालीले रोजगारी पाएको र रु १५ अर्ब लगानीसहित वार्षिक रु पाँच अर्बको कारोबार हुने गरेको जानकारी दिनुभयो ।

सो अवसरमा जडीबुटीजन्य व्यवसायीले लगानीमैत्री नीति, सीप विकास, जडीबुटीखेतीको बिस्तार, व्यापार मेला, प्रविधि हस्तान्तरण, अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला, अर्गानिक प्रमाणीकरण, बजारीकरण, अनुसन्धान, विद्युतीय कारोबार, कार्गो भाडादरलगायतका व्यवसायसँग जेलिएका विषयवस्तुको ध्यानाकर्षण गर्दै लगानीमैत्री वातावरणका लागि सरकारसँग अनुरोध गर्नुभएको थियो ।

नयाँ नेतृत्व चयन हुने सो साधारणसभामा सङ्घका पूर्वअध्यक्षसहित उत्कृष्ट व्यवसायीलाई सम्मानित गरिएको थियो । रासस