२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री जबरजस्ती पदमा बस्न खोज्नुले बद्मासीको शंका गर्ने ठाउँ छ: सांसद पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारी ठगि प्रकरणको छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्नेतर्फ संकेत गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पाण्डेले कुनैपनि प्रकरणमा प्रतिपक्षले छानविन समिति गठनको माग गरेपछि समिति बनाउने यसअघिको नजिर भएको भन्दै यस सहकारी प्रकरणमा पनि छानविन समिति बन्नुपर्ने संकेत गर्नुभएको हो । उहाँले संसदमा प्रतिपक्षले उठाएका कुराहरु सुनिनुपर्ने बताउनु भयो । उहाँले सत्तापक्षले जबरजस्त रुपमा संसद चलाउनु नहुने बताउनु भयो । सांसद पाण्डेले संसदीय समिति बनेमा आरोप लागेको मन्त्रीले आफू चोखिने अवसर पाउने पनि बताउनु भयो । उहाँले जबरजस्ती पदमा बस्न खोज्नुले बद्मासी छ भनेर शंका गर्ने ठाउँ रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रमुख प्रतिपक्षले हाम्रो कुरा सुनियोस् । यो कुरा निर्णय गरियोस् भनेर आवाज उठाइसकेपछि सत्ता पक्षले सुन्नैपर्छ । सत्ता पक्षले जबरजस्ती गरेर हाउस चलाउछु भनेर त्यो काम लाग्दैन । आजभन्दा डेढ महिना अगाडी अर्को समिकरण भएको बेलामा यि प्रतिपक्षमा बसेर के गरेका थिए, सम्झिए हुन्छ । सुन काण्ड छानविन गर्न सरकारका स्थायी संयन्त्रहरु कुनै काम लाग्दैन आयोग बन्नैपर्छ भनेर गरेको हो कि होइन ? त्यसकारणले आफैँले नजिर बसाइसकेको छ । दोस्रो कुरा, आरोप लागिसकेको मन्त्रीले आफू बाहिर हटेर त्यो आरोप हो, होइन क्लियर गरेर आफुलाई चोखिने अवसर पाउने हो । तर जबरजस्ती बस्न खोज्नु भनेको त्यहाँ केही बदमाशी छ भनेर शंका गर्ने ठाउँ छ । त्यसकारण उसले आफूलाई चोखो ठान्छन् । मैले कमजोरी गरेको छैन भन्ने ठान्छन् भने उनले तयार छु भन्नपर्छ । सभामुख भनेको बिचरा जिन्दगीमा पहिलोचोटी प्रतिनिधि सभामा आएका छन् । यत्रोविधि सांसदहरुले, आफुजस्तै हैसियतका मान्छेले डांगडुंग भनेपछि सभामुख सोझो मान्छे, कमलो मन आँट हुँदैन नि । प्रतिपक्ष उठेको बेलामा सत्तापक्षलाई समय दिनै हुँदैन । किनभने त्यो लडाउने उपाय हो । सभामुखले दुईथरीलाई लडाउनु हुँदैन । किनभने सत्तापक्षलाई समय दिने भनेको चाहीँ प्रतिपक्षको विरुद्धमा बोल भनेको हो । कहिल्यै गर्नु हुँदैन त्यो । उहाँको कमजोरी हो । अज्ञानता हो । उहाँले मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षले बोलिसकेपछि सत्ता पक्षको सांसदलाई बोल्न दिनु सभामुखको कमजोरी र अज्ञानता भएको बताउनु भयो । उहाँले सभामुखले संसदमा दुई पक्षलाई लडाउने उपाय गरेको भन्दै त्यसो गर्नु नहुने बताउनु भयो ।’

सांसद पाण्डेले सहकारी प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टीमा आतंक सिर्जना भएको पनि बताउनु भयो ।