२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने



अ+ अ-

काठमाडौँ । नेपाली नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सडक महोत्सव हुने भएको छ ।

ठमेल पर्यटन विकास परिषद्ले आज पत्रकार सम्मेलन गरी नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा चैत ३० गते शुक्रबार साँझ ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा परिषद्का उपाध्यक्ष एवम् महोत्सवका संयोजक प्रश्रय राजभण्डारीले विगत वर्षझैँ यस वर्ष पनि ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ आयोजना गर्न लागेको जानकारी दिनुभयो । ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि सडक महोेत्सवको आयोजना गरिएको उहाँको भनाइ छ ।

संयोजक राजभण्डारीले चैत ३० गते शुक्रबार साँझ पर्यटनमन्त्रीसहित विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको उपस्थितिमा ठमेल सडक महोत्सव गर्न लागिएको बताउनुभयो । सोही दिन साँझ ठमेलभित्र उत्पादित सामग्री बिक्रीवितरणका साथै सांस्कृतिक कार्यक्रम हुनेछन् ।

पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षक गन्तव्यका रुपमा परिचित गराउने उद्देश्यका साथ सडक महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो ।

महोत्सवका लागि सुरक्षा निकायसँग समन्वय गरेर ठमेलभित्रको सुरक्षालाई कडाइ गरिने उहाँको भनाइ छ । अध्यक्ष शर्माले ठमेललाई सुन्दर, आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि ठमेलभित्रको तारलाई व्यवस्थापन र सडक कालोपत्र तथा मर्मत गरिसकिएको जानकारी दिनुभयो ।

परिषद्ले काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीको समन्वयमा ठमेल क्षेत्रभित्र पर्याप्त सिसिटिभी जडान गरिसकेको अध्यक्ष शर्माको भनाइ छ । नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलभरि कार्यक्रम हुने भएकाले मान्छेको चाप बढ्दै गएपछि ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने भन्दै बाहिरबाट यहाँ भित्रिने सवारी साधनले वैकल्पिक बाटो प्रयोग गर्नसमेत परिषद्ले आग्रह गरेको छ । रासस




भर्खरै