२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२४ वर्षीय वृद्धले मनाए आफ्नो जन्मदिन, विश्वकै जेठो व्यक्ति हुन सक्छन्



अ+ अ-

एजेन्सी । लामो जीवन बाँच्ने मानिसबारेको रहस्य पेरुको एन्डिज पहाडमा लुकेको हुन सक्छ । त्यहाँ बसोबास गर्ने १२४ वर्षका वृद्धको दाबीलाई साँचो मानिने हो भने उनी विश्वकै सबैभन्दा वृद्ध व्यक्ति बन्न सक्छन् ।

सरकारी अधिकारीका अनुसार मार्सेलिनो अबाद नामका यी व्यक्तिको जन्म सन् १९०० मा भएको थियो । उनी पेरुको मध्य क्षेत्र ह्वानुकोका बासिन्दा हुन् । यदि यो दाबी सत्य साबित भयो भने, यी व्यक्ति विश्वको सबैभन्दा वृद्ध जीवित व्यक्ति मात्र नभई सबैभन्दा वृद्ध व्यक्ति पनि बन्नेछन् जसको उमेर आधिकारिक रूपमा प्रमाणित भइसकेको छ ।

गिनिज वल्र्ड रेकर्डले प्रायः आफूलाई संसारको सबैभन्दा वृद्ध व्यक्ति भएको दाबी गर्ने व्यक्तिहरूबाट आवेदनहरू प्राप्त गर्दछ । गिनिज वल्र्ड रेकर्ड्सका प्रतिनिधिले रोयटर्सलाई पठाएको विज्ञप्तिमा यस्तो दाबीलाई सत्य मान्नुअघि उनीहरूको विशेषज्ञ टोलीले सरकारी कागजात र अन्य प्रमाणहरू जाँच्ने बताए ।

यो दावी पूर्ण रूपमा सत्य हो भनेर सुनिश्चित गर्न यो अनुसन्धान गरिन्छ । गिनिज वल्र्ड रेकर्ड्सका अनुसार हाल विश्वको सबैभन्दा वृद्ध मानिस १११ वर्षका बेलायती नागरिक हुन् । यसै महिना भेनेजुएलाका ११४ वर्षीय वृद्धको निधन भएपछि उनले यो उपाधि पाएका हुन् ।

विश्वको सबैभन्दा वृद्ध महिलाको उमेर ११७ वर्ष छ भने अहिलेसम्म प्रमाणित भएको सबैभन्दा वृद्ध व्यक्ति १२२ वर्षकी थिइन् । अबादको जन्म एउटा सानो गाउँ छागलामा भएको थियो । सन् २०१९ सम्म उनी विश्वको नजरबाट टाढा रहे । त्यही वर्ष पेरुको सरकारले उनलाई फेला पारेर सरकारी परिचयपत्र र पेन्सन दिएको थियो ।

अप्रिल ५ मा, आफ्नो १२४ औं जन्मदिनमा, अबादले आफ्नो दीर्घायुको रहस्य फलफूल र भेडाको मासुयुक्त आहार रहेको खुलासा गरे । उनले पेन्सन पाउने कार्यक्रमको विज्ञप्तिमा यस्तो जानकारी आएको हो ।

अबाद अहिले वृद्धवृद्धाका लागि बनेको आश्रममा बस्छन् । यो महिना उनको जन्मदिनमा उनको लागि विशेष समारोहको आयोजना गरिएको थियो, जसमा उनी जस्तै देखिने जन्मदिनको केक पनि राखिएको थियो ।