२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पक्कै पनि यो मेरो अन्तिम आईपीएल’



अ+ अ-

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का अनुभवी विकेटकिपर/ब्याट्सम्यान दिनेश कार्तिकले यो उनको अन्तिम आईपीएल सिजन हुने पुष्टि गरेका छन् । कार्तिकले स्काई स्पोर्ट्स पोडकास्टमा इंग्ल्याण्डका पूर्व कप्तान नासेर हुसेन र माइकल एथर्टनसँगको कुराकानीमा यो खुलासा गरेका हुन् ।

दिनेश कार्तिक पनि यतिबेला कमेन्ट्री गरिरहेका छन् र यस्तो अवस्थामा दुवैलाई सन्तुलनमा राख्न गाह्रो भएको बताएका छन् । त्यसैले क्रिकेट छोड्ने यो उपयुक्त समय रहेको बताउँछन् ।

दिनेश कार्तिकले भने, ‘म पक्का छु कि यो मेरो अन्तिम आईपीएल हुनेछ । म किन प्रतिज्ञा गर्न सक्दिन, मलाई थाहा छैन । मानिसको दिमाग धेरै घुमिरहन्छ ।’ नासिर हुसेनले कार्तिकलाई जिस्काउँदै भने कि यदि यो वर्षको आईपीएलमा राम्रो सुरुवात भइरहेको छ भने किन सन्यास लिने ?

नासिर हुसेनलाई निशाना बनाउँदै कार्तिकले भने, ‘नासिर तपाई भेडाको लुगामा बाघ हुनुहुन्छ । तपाईले भनेका एक शब्दमा पनि मलाई विश्वास लाग्दैन । नासिर मलाई एक व्यक्ति, खेलाडी, विकेटकिपर वा कुनै पनि हिसाबले मन पराउँदैनन् । यसो भन्दै गरेको यो पहिलो पटक हो । तर पनि यदि तपाईले हुसैनलाई भारतीय टोलीमा कसलाई स्थान दिनुपर्छ भनेर सोध्नुभयो र यदि उहाँले छ विकेटकिपर छनोट गर्नुपर्‍यो भने उहाँले मलाई आठौं नम्बरमा राख्नेछन् ।’

कार्तिकले थप भने, ‘गत वर्ष विश्वकपमा मलाई बाहिर निकाल्न चाहने एक व्यक्ति नासिर हुसेन थिए । तपाईंले मेरो अन्तर्वार्ता दिनुभयो र मेरो पछाडि छुरा हान्नु भयो ।’

दिनेश कार्तिकले आफ्नो करियरको अन्त्य राम्रो प्रदर्शनका साथ गर्ने आशा राखेका छन् । तर, अहिले आरसीबीको अवस्था नाजुक छ । आरसीबीले आईपीएलमा हालसम्म ५ खेल खेलेको छ, जसमा एउटा मात्रै जित हासिल गरेको छ । फाफ डु प्लेसिसको नेतृत्वमा रहेको आरसीबी टोली अंक तालिकाको नवौं स्थानमा छ ।