२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लासमाथिको मानवता’ सामाजिक यथार्थवादी नाटक सङ्ग्रह



अ+ अ-

काठमाडौँ । डा पुरण राईद्वारा लिखित ‘लासमाथिको मानवता’ नाटक सङ्ग्रह सामाजिक यथार्थवादी रहेको नेपाली स्रष्टाहरुले बताउनुभएको छ ।

‘नेपाल स्रष्टा समाज’ले काठमाडौँमा आयोजना गरेको पुस्तक अन्तक्र्रिया कार्यक्रममा वरिष्ठ रङ्गकर्मी अशेष मल्लले डा राईद्वारा लिखित नाटक सङ्ग्रहले सामाजिक चेतनालाई चित्रण गरेको बताउनुभयो । “नाटक लेख्ने कार्य कविता र कथा लेखेजस्तो कोठामा बसेर लेख्ने विधा होइन । नाटक मञ्चमा मञ्चन भएपछि मात्रै कस्तो छ भनेर जानकारी हुन्छ । एक पटक लेख्दैमा र अभिनय गर्दैमा नाम र दाम खाज्ने प्रवृत्तिबाट रङ्गमञ्च र रङ्गकर्मीमुक्त हुनुपर्छ”, उहाँले भन्नुभयो । नेपालको नाट्य क्षेत्र दक्षिण एसियामै लोकप्रिय रहेको उल्लेख गर्दै उहाँले राज्यको साथ र सहयोग नपाए पनि युरोपसँग प्रतिस्पर्धा गर्नसक्ने हैसियत बनाएको वरिष्ठ रङ्गकर्मी मल्लले बताउनुभयो ।

नाटक विधामा विद्यावारिधी गर्नुभएकी डा कान्छी महर्जनले नाटक भनेको साहित्यिक आयम मात्रै नभई रङ्गमञ्चिय आयम पनि भएकाले लेखक र निर्देशकको परिकल्पना भएको बताउनुभयो ।

‘लासमाथिको मानवता’ नाटक सङ्ग्रहमा सामाजिक यथार्थवादी धारका नाटक समाहित छन् । यी नाटकले समाजमा मान्छेको स्वार्थीपन कसरी देखिन्छ र प्रकट गर्छ भनेर उजिल्याउन खोजिएको डा महर्जनले बताउनुभयो । नाटकमा ग्रामीण परिवेशमा बसोबास गर्ने नागरिकमा हुने मातृत्व प्रेम, पितृसत्तात्मक चेत, लाहुरेमा देशभक्ति, धामीझाक्रीका कथालाई समेटिएका छन् । छोटा र मध्यम किसिमका दृष्य रहेका नाटकले मानवीय चेतना जगाउने र रङ्गमञ्चमा सहज मञ्चन गर्न सकिन्ने उहाँको भनाइ थियो ।

फिल्म निर्देशक एवं पुरानो नाटक घरका निर्देशक सुलक्षण भारतीले ‘लासमाथिको मानवता’ नाटक सङ्ग्रह पढ्दा नाटकभन्दा पनि चलचित्र जस्तो लागेको बताउनुभयो । नाटकमा इमोसन छ । साथै ग्रामीण परीवेश, भावना, यथार्थपरक नेपाली माटोको कथा पाएको निर्देशक भारतीले बताउनुभयो ।

थिएटर मलका निर्र्देशक केदार श्रेष्ठले ‘लासमाथिको मानवता’ नाटक सङ्ग्रहले रङ्गमञ्चमा योगदान दिएको बताउनुभयो । “नाटक लेख्दा दाम र नाम नहुने भएकाले धेरै समयदेखि नाटक लेखिएको छैन । यस्तो बेला लेखिएको नाटक सङ्ग्रहले रङ्गकर्मीलाई हौसला दिएको छ”, उहाँले भन्नुभयो ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा लेखक डा पुरण राई, स्रष्टा सामाजका महासचिव देविका तिमिल्सिना र सदस्य मधु पाठकले पनि सो पुस्तकबारे चर्चा गर्नुभएको थियो । रासस