२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अज्ञात समूहले काटेका बुद्धचित्तको रुख ३ करोड रुपैयाँ ठेक्कामा थियो



अ+ अ-

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–५, सीसाखानीमा अज्ञात समूहले बिहिबार राति बुद्धचित्तको रुख काटेका छन् । रुख धनी शेरबहादुर तामाङको घर छेउमा रहेको फुल्दै गरेका रुख राति दुई बजे अज्ञात समूहले काटेका हुन् ।

बोधिचित्तको उक्त रुख वार्षिक तीन करोड रुपैयाँ लेन–देन सम्झौतामा विक्री भइसकेको तामाङले बताएका छन् । उनले काभ्रेका सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरेका थिए । ‘तीन महिनाअघि मात्र पाँच वर्षका लागि वार्षिक तीन करोड रुपैयाँ दिने गरी सम्झौता भएको थियो । फल्नुअघि नै आएर रुख काटिदिए ।’, उनले भने ।

फूल फूल्ने बेलामा किन र कसले रुख काट्यो भन्ने विषयमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका डीएसपी राजकुमार श्रेष्ठ बताए । सूचना पाएको एक घन्टाभित्र प्रहरी टोली त्यहाँ पुगेको उनले बताए । प्रहरी टोली त्यहा पुग्दा आँगनमा ४ वटा सकेट बम भेटिएको थियो ।

अनुसन्धानका लागि प्रहरीले एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको स्रोतले बतायो ।