२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा २’ को एकै दृश्यको लागि ६० करोड खर्च !



अ+ अ-

एजेन्सी । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ ले सिनेमालाई नयाँ अनुभव दिने दाबी गरेको छ । रिलिज हुनुअघि निर्माताले ठूला दाबी गरेका छन् ।

यो पूरा गर्न निर्माताले फिल्ममा पानी जस्तै पैसा खर्च गरेका छन् । यस दृश्यको सुटिङमा पनि निर्देशकले ६० करोड रुपैयाँ खर्च गरेका छन् । यो रकम यति हो कि यो समयमा दुई कम बजेटका फिल्म बनाउन सकिन्छ ।

यस्तो अवस्थामा ‘पुष्पाः द रुल’ सिनेमा हलमा कस्तो तुफान ल्याउने हो भन्ने प्रश्न दर्शकलाई पनि लागेको छ । यसका साथै पुष्पा २ को ओटीटी अधिकारका बारेमा पनि जानकारी आएको छ ।

पुष्पाः द रुल एक्सन फिल्म बन्न लागेको छ । निर्देशक सुकुमारले पहिलो भागमा निकै एक्सन देखाएका छन् । यस्तो अवस्थामा यसपटक केही नयाँ र फरक गर्ने जिम्मेवारी उनकै हो ।

रिपोर्टका अनुसार यस दृष्यमा गंगाम्मा जटाराको प्रस्तुती र फाइट सीन देखाइने पुष्पा २ सँग सम्बन्धित स्रोतले बताएको छ । ६ मिनेट लामो यो दृश्य शूट गर्न ३० दिन लागेको थियो र ६० करोड रुपैयाँ खर्च भएको थियो ।

पुष्पाः द रुल महँगो साउथ फिल्म बन्न लागेको छ । अल्लु अर्जुनको यो फिल्म ५ सय करोडको बजेटमा बनाइएको बताइएको छ । पुष्पा २ को म्युजिक राइट्स बिक्री भइसकेको छ ।

रिपोर्टका अनुसार फिल्मको विश्वव्यापी म्युजिक राइट्स र हिन्दी स्याटेलाइट राइट्स टी–सिरिजले ६० करोडमा किनेको छ । यसैबीच, स्टार माले तेलुगु स्याटेलाइट अधिकारहरू खरिद गरिसकेको छ, तर मूल्य भने खुलाइएको छैन ।