२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वर्षमा पूर्वराष्ट्रपति भण्डारीको सन्देश : समतामूलक समाज निर्माणमा लागौं



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०८१ मा समावेशी, न्यायपूर्ण समतामूलक समाज निर्माण लाग्न आश्वान गर्नुभएको छ ।

नयाँ वर्षका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता र एकता जस्ता मूल्यहरुलाई सदा कायम राख्नुपर्ने बताउनुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘वसन्त ऋतुले प्रकृतिमा ल्याएको जीवन्ततासँगै हामी ठूलो आशा र उमंगका साथ नयाँ वर्ष २०८१ को संघारमा पाइला टेकिरहेका छौं । यस अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

सन्देशमा भनिएको छ– ‘२०८० साल केही सुदन र केही दुखद अनुभूतिका साथ हामीबाट बिदा भएर गएको छ । मुलुकले भोगिरहेको राजनीतिक अस्थिरता, पश्चिम नेपालमा गएको भूकम्पका कारण भएको ठूलो जनधनको क्षति अनि मुलुकमा रोजगारीको अभावका कारण अवैद्यरुपमा विदेशी सेनामा संलग्न हुन पुगेका नेपाली युवाहरुले युद्धमा ज्यान गुमाउनु जस्ता दु:खद् घटनाका कारण विगत वर्ष हाम्रा लागि अपेक्षित रुपमा सुखद हुन सकेन । तथापी, सुशासनका लागि भएका केही पहलहरु, पर्यटन क्षेत्रका साथै मुलुकको अर्थतन्त्रमा समेत केही सुधारका संकेतहरु देखिनुका साथै छिमेकी मित्र राष्ट्रहरुसँगको सम्बन्धमा हुँदै गएको सुधार जस्ता कुराले भने थोरै भए पनि सकारात्मक सन्देश दिएको छ ।’

उहाँले अबको हाम्रो यात्रामा, विविध जातजाति, भाषाभाष्ी र संस्कृति अँगालेका नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता र एकता जस्ता हामीलाई एक राष्ट्रको रुपमा बाँधी राख्ने मूल्यहरुलाई सदा कायम राख्दै सबैका लागि समावेशी, न्यायपूर्ण समतामूलक समाज निर्माण गर्ने प्रयास गर्न आह्वान गर्नुभएको छ ।