२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमान खानको घरबाहिर गोली चल्यो



अ+ अ-

एजेन्सी । आइतबार बिहान ५ बजे बलिउड अभिनेता सलमान खानको घर बाहिर फायरिङ भएको थियो ।

बान्द्रास्थित सलमानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि दुई मोटरसाइकल सवारले ४ राउण्ड फायर गरेका थिए । घरको सुरक्षा बढाइएको र मुम्बई प्रहरीको अपराध शाखा अनुसन्धानका लागि आइपुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गोलीबारी हुँदा सलमान आफ्नै घरमा थिए । खानलाई लरेन्स बिश्नोई–गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो ।

फोरेन्सिक टोलीले बालकनीमा गोलीको निशान फेला पारेको छ । हालसम्म सलमानको घरमा दुईवटा गोलीको निशान भेटिएको छ । एउटा बाहिरी पर्खालमा र अर्को बालकनीको पर्खालमा । यस मामिलामा मुम्बई प्रहरीले ग्यालेक्सी अपार्टमेन्टका ४ जना चौकीदारको बयान रेकर्ड गरेको छ, जो घटनाको समयमा त्यहाँ उपस्थित थिए ।