५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल क्रीस्टल प्यालेससँग पराजित



अ+ अ-

काठमाडौं । इङ्लिस प्रीमियर लिग फुटबलको उपाधि होड रोमाञ्चक बनिरहेको अवस्थामा लिभरपुल भने पराजित भएको छ ।

भर्खरै सम्पन्न खेलमा लिभरपुल घरेलु मैदानमै क्रीस्टल प्यालेससँग १-० गोलले स्तब्ध बनेको हो । खेलको १४ औं मिनेटमा एबेरेचि एजेले गरेको गोल नै प्यालेसको जितमा निर्णायक गोल बन्यो ।

यो हारसँगै लिभरपुल तेस्रो स्थानमा पुगेको छ । लिभरपुलको ३२ खेलबाट ७१ अङ्क छ । प्यालेस भने ३३ अङ्कसहित १४ औं स्थानमा छ ।

केहिबेरमा आर्सनलले एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्दैछ । ७१ अङ्कसहित दोस्रो स्थानमा रहेको आर्सनललाई शीर्षस्थानमा उक्लिने अवसर छ ।