२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलकाे शिष्टाचार भेट



अ+ अ-

प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा आएका भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीपचन्द्रन नायरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

लेफ्टिनेन्ट जनरल प्रदीपचन्द्रन नायरले काठमाडौंस्थित भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि भेटवार्ता गर्नुभयो । वहाँले दुई देशको द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्न भारतीय राजदूतावासका रक्षा प्रभागका कर्मचारीले खेल्दै आएको कुशल व्यवसायिक भूमिकाको प्रशंसा गर्नुभयो ।

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीपचन्द्रन नायर एके सिंह, पीभीएसएम, एभीएसएम, वाइएसएम, पीएचडी, डीजी असम राइफल्स नेपालको औपचारिक भ्रमण गर्न गत चैत २६ गते काठमाडौं आइपुग्नुभएको थियो ।

उहाँलाई स्वागत गर्न नेपालका लागि भारतीय रक्षासहचरी कर्णेल अमितकुमार शर्मा त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।
पाँच दिने भ्रमणका क्रममा लेफ्टिनेन्ट जनरल प्रदीपचन्द्रन नायरले भारतीय गोर्खा सैनिक निवास, पेन्सन भुक्तानी कार्यालय, पोखरा र पेन्सन भुक्तानी कार्यालय, धरानको भ्रमण गर्नुभयो साथै काठमाडौं, पोखरा र धरानमा नेपालमाबसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक सम्मिलित र्‍यालीलाई सम्बोधन गर्नुभयो ।

वहाँले गोर्खा सैनिकको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र राष्ट्रप्रति देखाएको समर्पित भावको कदर गर्नुभयो । भूतपूर्व वीर गोर्खा सैनिकको अमूल्यत्याग एवम् बलिदानीको स्मरण गर्दै लेफ्टिनेन्ट जनरल प्रदीपचन्द्रननायरले गोर्खा सैनिकको कल्याणका लागिअसम राइफल्स, भारतीय सेना तथा भारत सरकार सदैव प्रतिबद्घ रहने कुरा बताउनुभयो ।