२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङद्वारा नेपाललाई ११५ रनको झिनो लक्ष्य



अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कपमा हङकङले नेपाललाई जितको लागि ११५ रनको झिनो लक्ष्य दिएको छ ।

ओमनको अल अमरेत क्रिकेट–१ मा टस हारेर पहिला ब्याटिङ​को निम्तो पाएको हङकङले १७.५ ओभरमा सबै विकेट गुमाएर ११४ रन बनायो ।

हङकङका अंशुमन रथले सर्वाधिक ३४ रन बनाए । उनले २६ बलमा ४ चौका र १ छक्का हिर्काए । जिशान अलीले १४, निजाकत खानले १२ र एहसान खानले ११ रन बनाउनु बाहेक हङकङका कुनै पनि खेलमडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि अभिनाश बोहोराले ३ विकेट लिए । ललित राजवंशीले एक मेडनसहित २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले अन्तिम २ बलमा २ विकेट तथा करण केसीले १ विकेट लिए।

नेपालले केहिबेरमा जवाफि ब्याटिङ​ गर्नेछ । आजको खेल जिते नेपाल समूह विजेता पनि बन्दै सेमिफाइनल पुग्ने सम्भावना रहेको छ।




भर्खरै