२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस फुटको सङ्घारमा !



अ+ अ-

काठमाडौं: माधव नेपालको अध्यक्षतामा रहेको नेकपा (एकीकृत समाजवादी) फुटको संघारमा पुगेको छ ।

पार्टीमा धेरै समयदेखि असन्तुष्ट देखिएका प्रेमकुमार आले, किसान श्रेष्ठ, धनबहादुर बुढा, अमर थापा, मेटमणि चाैधरी समेतका छ जना सांसद मिलेर नयाँ दल खोल्ने तयारी छ । उनीहरुले भोलि मंगलबार नै निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी भै रहेको एक नेताले जानकारी दिनु भयो ।

पार्टी अध्यक्ष माधव नेपालको पक्षमा सांसदहरु राजेन्द्र पाण्डे, प्रकाश ज्वाला र भानुभक्त जोशी मात्र रहने छन् ।

वर्तमान सत्ता गठबन्धनमा माधव नेपालले निरन्तर असहयोग रहेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले माधव नेपालको विकल्प खोजेको बताइएको छ । माधव नेपालको पक्षमा देखिएका नेताहरुले गठबन्धनको मर्म विपरीत सुदुरपश्चिममा कांग्रेससँग मिलेर सरकार बनाउन दबाब दिएका छन् ।

उनीहरुले माधव नेपालको सट्टामा सरकारमा तमलोपा र जनमत पार्टीलाई सरकारमा सहभागी गराउने अन्तिम तयारी गरेका थिए ।