२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशका मुख्यमन्त्री यादवले चौथोपटक विश्वासको मत लिँदै



मधेशका मुख्यमन्त्री सरोजकुमार यादव ।
अ+ अ-

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथोपटक विश्वासको मत लिन लागेका छन् ।

नेपाली कांग्रेसले सरकारबाट  समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

आज दिउँसो १ बजे बोलाईएको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल र मतदानका लागि समय तय गरिएको छ ।

जसपाबाट मुख्यमन्त्री बनेका यादव नेतृत्वको सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस र लोसपा सहभागी छन् ।

कुल १०७ सांसद रहेका प्रदेश सभामा हाल एमालेका २५ , जसपाका १९, लोसपाका ९, माओवादीका ९ र नेकपा एसका ७ सांसद छन् । प्रतिपक्षमा रहेका कांग्रेसका २२, जनमत पार्टीका १३ तथा नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका १र१ सांसद छन् ।

उनले यसअघि तीनपटक विश्वासको मत लिइसकेका छन् ।