२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता



अ+ अ-

श्रीनगर । भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन् । श्रीनगर सहरस्थित झेलम नदीमा डुङ्गा पल्टिँदा बेपत्ता हुनेहरूमा विद्यालय गइरहेका केही बालबालिका पनि रहेका थिए ।

काश्मिरका एक वरिष्ठ अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भन्नुभयो, “दुर्घटनापछि बालबालिकासहित करिब १५ जना बेपत्ता भएका छन् ।” हिमालयको काश्मिर उपत्यकामा केही दिनको वर्षापछि नदीको पानी बढेको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार डुङ्गा पार गर्न प्रयोग गरिने डोरी पानीको तीव्र बहावका कारण चुँडिएको थियो ।

श्रीनगरका जिल्ला मजिस्ट्रेट बिलाल मोही–उद–दिन भटले भन्नुभो, “हाम्रो उद्धार टोली त्यहाँ छ, हामी घटनाको विवरण पत्ता लगाइरहेका छौँ ।” धेरै कार्यालयका कर्मचारी तथा विद्यालयका विद्यार्थीहरू सडक यातायातबाट बच्न बिहान डुङ्गाबाट नदी पार गर्छन् ।

काश्मिरमा पहाडी क्षेत्रका सडकमा दुर्घटनाहरू सामान्य भए पनि यात्रुवाहक डुङ्गा दुर्घटना विरलै हुने गर्छन् ।