२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काश्मिरमा डुङ्गा डुब्दा छ को मृत्यु, अझै धेरै बेपत्ता



अ+ अ-

नयाँदिल्ली । काश्मिरमा मङ्गलबार डुङ्गा पल्टिँदा डुङ्गामा सवार चारजना स्कुले बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य धेरै बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार काश्मिरको ग्रीष्मकालीन राजधानी श्रीनगरको बाहिरी भागमा रहेको झेलम नदीमा २० जनाभन्दा बढी मानिस बोकेको डुङ्गा दुर्घटना ग्रस्त भई पल्टिएको थियो ।

एक प्रहरी अधिकारीका अनुसार आज बिहान गान्दबल क्षेत्रको झेलम नदीमा उक्त डुङ्गा पल्टिँदा नदी पार गर्न प्रयोग गरिएको डोरी अचानक खसेको थियो । दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ भने अन्य धेरै बेपत्ता भएका छन् । दुर्घटनामा परी बाँच्न सफल भएका केही व्यक्तिहरूको उद्धारपछि अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि स्थानीयले अधिकारीहरूलाई सूचना गरेपछि बेपत्ताहरूको खोजी गर्न प्रहरी र विपद् प्रतिक्रिया बलका कर्मचारीहरूको उद्धार टोली पठाइएको थियो । केही स्थानीय मिडिया रिपोर्टहरूले बेपत्ता हुनेहरूको सङ्ख्या १० जना भन्दा माथि रहेको जनाएका छन् । पछिल्ला केही दिनदेखि यस क्षेत्रमा परेको भारी वर्षाले गर्दा नदीको जलस्तर बढेको छ ।