८ असार २०८३, सोमबार
,
Latest
ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलामको विकास र योजना शिरमा राखेर हिँड्छु – सुहाङ नेम्वाङ



अ+ अ-

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रका तर्फबाट इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका सुहाङ नेम्वाङले जातीय भेदभाव र सामाजिक विखण्डनले समृद्धिको बाटो छेक्ने बताएका छन् ।

इलाम क्षेत्र नम्बर २ अन्तरगत इलामको मङ्गलबारेमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देश समृद्धिको बाटो हिँडेको बताउँदै यो बेला सामाजिक सम्बन्ध खलल पुग्ने बाटोमा लाग्न नहुने बताए ।

सुहाङले इन्द्रेणी सप्तरङ्ग भएकाले राम्रो भएको भन्दै हाम्रो समाज पनि इन्द्रेणी जस्तै सुन्दर भएको बताए । उनले इन्द्रेणी जस्तो समाजलाई अझ राम्रो बनाउन सामाजिक सम्बन्ध राम्रो हुनु पर्ने बताए ।

समाजमा समाजिक भेदभावलाई क्षमा दिन नहुने उनको भनाई छ । सुशासनमा देखिएको समस्याले विकास निर्माणमा ढिलाइ भएकाले यो समस्या समाधान गर्न पनि सबै एक हुनु पर्ने बताउँदै उनले आफूलाई लगाएको मालामा जनताको रौनक र खुसी भए पनि आफू भने भावुक भएको बताए ।

इलामको विकासमा आफ्ना बुवा सुवासचन्द्र नेम्वाङले गरेको विकास स्मरण गराउँदै जनताका सामु पुग्दा उनीहरूको आँखामा आँसु पनि देखेको बताए ।

विगतका निर्वाचनमा आफ्ना बुबालाई गरेको विश्वास शिरमा राखेर आफूले सधैँ काम गर्ने उनको भनाई छ । उनले इलामी जनताको कामका लागि सधैँ आफ्ना बुबाले काम गरेको दाबी गर्दै आफूले पनि त्यसरी नै काम गर्ने बताए ।

उनले भने, ‘ बुवाले गर्न नसकेका र देखेका सपना पुरा गर्न कुनै पनि कमी हुन दिन्नँ । यहीबाट प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले इलामको विकासमा बुबाले देखेको सपना र बनाएको योजना पूरा गर्न कुनै पनि कमी कमजोरी नगर्ने बताए ।

उनले भने,‘ इलाम धेरै सुन्दर छ । इलाम सम्भावना नै सम्भावना बोकेको क्षेत्र हो । यो क्षेत्रलाई कसरी अझै राम्रो बनाउने भन्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ ।’

इलामका युवाहरूको भावना नसुनिएको भन्दै विदेश जाने युवाहरूको समस्या कसरी छिटो छरितो तरिकाले पूरा गर्न सकिन्छ भनेर काम गर्न आफू प्रतिबद्ध रहेको बताए ।

उनले कुनै पनि देश रातारात विकसित नभएको दाबी गर्दै देश विकासका लागि युवाहरू एक भएर अगाडि बढ्नु पर्ने बताए ।

आफ्ना बुवाको पहलमा किराँत धर्मगुरु फाल्गुननन्दलाई राष्ट्रिय विभूति घोषणा भएको भन्दै आफू पनि प्रकिृति पूजक भएकाले यो क्षेत्रको विकासमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।