२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० वरियतामा दीपेन्द्रको छलाङ, अलराउन्डरतर्फ १४ स्थान माथि उक्लिँदै ११ औं स्थानमा आइपुगे



अ+ अ-

काठमाडौँ । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी–२० वरियतामा छलाङ मारेका छन् । उनी अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । यसअघि २५ औँ स्थानमा रहेका उनले एकैपटक १४ स्थानमाथि आइपुगेका हुन् ।

दिपेन्द्रले ओमानमा जारी एसिसी प्रीमियर कपमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । यस्तै टी–२० ब्याट्सम्यानको वरियतातर्फ दीपेन्द्र ६२ औँ स्थानमा छन् । उनी १६ स्थान माथि उक्लिएका हुन् ।

ब्याट्सम्यानको नयाँ वरियतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ५३औँ स्थानमा रहँदा आसिफ शेखले ३६ स्थान सुधार गर्दै ७५औँ स्थानमा उक्लेका छन् । त्यस्तै कुशल मल्ल नौ स्थान सुधार गर्दै १००औँ स्थानमा पुगेका छन् ।