२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलकाताका कप्तान श्रेयस अय्यरलाई १२ लाख जरिवाना



अ+ अ-

एजेन्सी । कोलकाता नाइट राइडर्स (केकेआर)का कप्तान श्रेयस अय्यरलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ । मंगलबार कोलकातामा राजस्थान रोयल्स (आरआर)विरुद्धको खेलमा स्लो ओभर रेटका कारण अय्यरलाई जरिवाना गरिएको हो ।

इन्डियन प्रिमियर लिग (आईपीएल)ले बुधबार यो जानकारी दिएको छ । आईपीएलको १७ औँ सिजनमा मंगलबार कोलकाता नाइट राइडर्स राजस्थान रोयल्ससँग २ विकेटले पराजित भयो । इडेन गार्डेन स्टेडियममा भएको खेलमा राजस्थानले टस जितेर बलिङ रोजेको थियो ।

कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २२३ रन बनाएको थियो । सुनिल नारायणले ५६ बलमा १०९ रन बनाए । राजस्थानले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर २२४ रन बनाएको थियो ।

आईपीएल अधिकारीहरूले यो सिजन कोलकाताको टोलीको पहिलो गल्ती भएकोले आईपीएलको आचारसंहिता अनुसार न्यूनतम सजाय दिइएको बताएका छन् ।

२० औं ओभरमा राजस्थानलाई जितका लागि ९ रन आवश्यक थियो । केकेआर टोली निर्धारित समयमा ओभर पूरा गर्न पछि परेको थियो । जसका कारण अन्तिम ओभरमा अय्यरले ५ को सट्टा ४ खेलाडी मात्रै बाउन्ड्रीमा पठाउन सके ।

 




भर्खरै