२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुबईमा वर्षाले विजोग, अस्तव्यस्त बनायो दैनिकी



अ+ अ-

एजेन्सी । विगत ४ दिनदेखि पाकिस्तान, अफगानिस्तान र धेरै खाडी मुलुकमा परेको वर्षाका कारण अवस्था बिग्रिएको छ । युएईमा वर्षाले ७५ वर्षको कीर्तिमान तोडेको छ ।

दुबईमा बाढीको अवस्थालाई ध्यानमा राख्दै त्यहाँ उपस्थित विभिन्न दूतावासले हेल्पलाइन नम्बर जारी गरेका छन् ।

यसैबीच पाकिस्तान र अफगानिस्तानमा वर्षाका कारण आएको बाढीमा हालसम्म १३५ जनाको मृत्यु भएको छ । जसमध्ये अफगानिस्तानमा ७० र पाकिस्तानमा ६५ जनाको मृत्यु भएको छ । ओमानमा पनि बाढीका कारण २० जनाको मृत्यु भएको छ ।

दुबईमा पछिल्लो २४ घण्टामा १५.२ सेन्टिमिटर पानी परेको मिडिया रिपोर्टले जनाएको छ । मंगलबार यहाँ १० इन्चभन्दा बढी पानी परेको थियो । बीबीसी न्यूजका अनुसार बुधबार दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने र जाने ३०० उडान रद्द गरिएको छ ।

विमानस्थल प्राधिकरणले मानिसहरूलाई त्यहाँ नआउन सल्लाह दिएको छ । अर्कोतर्फ ओमानमा वर्षाका कारण १४ सय जनालाई शरणमा पठाइएको छ । विद्यालय र सरकारी कार्यालयहरु बन्द भएका छन् ।

युएईको अबुधाबी, दुबई र अल ऐन जस्ता सहरमा भारी वर्षाका कारण बाढीको अवस्था छ । यसबाट हालसम्म १ जनाको मृत्यु भएको छ । त्यहाँ पूरै वर्षको पानी २ दिनमै पर्यो । मंगलबार सडक, रेल र उडान प्रभावित भएका छन् । यी सहरहरूमा कार्यालय र विद्यालयहरू बन्द गरिएका छन् । मानिसहरूलाई घरबाट काम गर्न भनिएको छ ।