२६ असार २०८३, शुक्रबार
,
Latest
५० प्रतिशत अनुदानमा मुर्रा क्रस भैँसी वितरण अनिवार्य शिक्षाको अभियानमा शुक्लाफाँटा गोलभेँडाले मूल्य नपाउँदा कृषकहरु चिन्तित लुम्बिनी विश्वविद्यालयको बजेट तथा नीति–कार्यक्रम स्वीकृत पशुपतिमा साउने सोमबारको तयारी सुरु नेपालीको निधनप्रति यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा दुःख व्यक्त भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन काँग्रेसद्धारा प्रतिनिधि सभा नियमावली विरुद्ध रिट दर्ता सर्लाहीमा आत्मदाह प्रयास: विवेकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, प्रविधिमैत्री बनाइँदै



अ+ अ-

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु हुँदै छ ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा दुई दिनसम्म बस्ने बैठकमा देशभरका एमालेका झण्डै २५ सय अगुवा नेता कार्यकर्ता सहभागी हुँदैछन् ।

बैठकले पार्टीले गरिरहेको समग्र कामको समीक्षा र आगामी कामको दिशानिर्देश गर्ने छ । आगामी दिनमा पार्टीलाई विकसित एमालेका रूपमा अघि बढाउन स्पष्ट मार्गनिर्देश गर्नुका साथै राष्ट्रिय राजनीतिलाई पनि सही दिशामा अघि बढाउन परिषद् बैठक महत्वपूर्ण हुने एमालेको विश्वास छ ।

परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठित प्रतिवेदन पेस गर्नुहुनेछ । यस्तै केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत् गर्ने छन् । ती सबै दस्ताबेज मोबाइल एपबाट सहभागीहरूले अध्ययन गर्न सक्ने व्यवस्था गरिएको छ ।

बैठकमा एमालेले यसअघि चलाएको मिसन ग्रासरुट र झुलाघाट चिवाभन्ज्याङ संकल्पयात्राको समीक्षा समेत गर्नेछ । सोही समीक्षाका आधारमा पार्टीको आगामी कार्यदिशा तय गर्ने सो पार्टीले जनाएको छ । यो बाहेक यसअघि गरिएको पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजनको समेत हिसाबकिताब बैठकमा हुनेछ । दुई राष्ट्रिय महाधिवेशनको बिचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने एमालेको वैधानिक व्यवस्था छ । एमालेको महाधिवेशन २०७८ साल मङ्सिरमा सम्पन्न भएको थियो । पाँच पाँच वर्षमा हुने एमाले महाधिवेशन आउन अव २ वर्षमात्र बाँकी छ ।

एमालेले प्रतिनिधि परिषद्को बैठकलाई प्रविधिमैत्री बनाउने भएको छ । जसअन्तर्गत बैठकमा सहभागी हुने प्रतिनिधिले आफ्नो परिचयपत्र र नेताहरूले प्रस्तुत गर्ने दस्ताबेज मोबाइल एपबाटै हेर्न सक्ने व्यवस्था मिलाइएको छ । सहभागीहरूको सुझाव समेत एपबाटै लिने व्यवस्था मिलाइएको छ ।

बैठकमा हुने आन्तरिक छलफलमा डिजिटल प्रविधिको उपयोगमार्फत पारदर्शी, अन्तरक्रियात्मक र पेस हुने प्रतिवेदनहरू देशभरका संगठित सदस्यहरूले हेर्न पाउने र उनीहरूको समेत मत लिएर निर्णय गर्ने व्यवस्था गरेको एमालेले जनाएको छ । तर त्यसका लागि एमालेको एप्स डाउनलोड गरेको हुनुपर्नेछ ।