२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोनी आईपीएलमा ५ हजार रन बनाउने पहिलो विकेटकिपर



अ+ अ-

=काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं सिजनमा चेन्नई सुपर किंग्सले तेस्रो हार बेहोरेको छ ।

शुक्रबार चेन्नई लखनउ सुपर जाइन्ट्ससँग ८ विकेटले पराजित भएको हो । चेन्नईका पूर्व कप्तान महेन्द्र सिंह धोनीले ८ बलमा २८ रन बनाए ।

धोनीले आईपीएलमा विकेटकिपरको रूपमा खेल्दै ५ हजारभन्दा बढी रन बनाएका छन् । उनी यस्तो गर्ने पहिलो विकेटकिपर बने । उनले विकेटकिपरका रुपमा पनि २५१ खेल खेलिसकेका छन् । धोनीपछि आरसीबीका दिनेश कार्तिकले विकेटकिपरका रूपमा २२८ खेलमा ४३६३ रन बनाएका छन् ।

साथै, उनले ४० वर्षको उमेरपछि आईपीएलमा ५०० रन पूरा गरे । उनी ४० वर्षको उमेरपछि आइपिएलमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । धोनी अहिले ४२ वर्षका छन् । उनले क्रिस गेलको कीर्तिमान तोडे जसले ४० वर्षको उमेरपछि आईपीएलमा ४८१ रन बनाएका थिए ।