८ असार २०८३, सोमबार
,
Latest
ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस भएको ६ प्रतिवेदनमा के–के छ ? (पूर्णपाठ)



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सत्ता समिकरणलाई दिगो, परिणामुखि र सफल बनाउन एमालेले सम्पूर्ण सामथ्र्य केन्द्रित गर्ने बताउनुभएको छ ।

शनिवारबाट ललितपुरको गोदावारीस्थित सनराईज हलमा शुरु भएको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले जनताको मनमा यस सहकार्यको दिगोपनामाथि आशंका रहेको उल्लेख गर्दै त्यसको खण्डन पनि कुनै मन्तव्य वा वक्तव्यबाट नभई व्यवहारबाटै दिने बताउनु भयो ।

उहाँले जनतामा व्याप्त निराशा चिर्ने र देश अघि बढ्छ भन्ने विश्वास जगाउने गरी तिब्र रफ्तारका साथ काम गर्न सरकारलाई पनि सुझाव दिनुभयो । राजनीतिलाई सधैंभरी प्रयोगको थलो बनाईराख्न नसकिने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस खालको गतिविधि गरे आफँै फस्न सकिन्छ भन्ने तथ्यलाई हेक्का राख्न पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले जनतामा व्याप्त निराशा चिर्ने र देश अगाडि बढ्छ भन्ने विश्वास जगाउने गरी तिब्र रफतारमा काम गर्नुपर्नेछ । विगतका कतिपय घटना, सन्दर्भ र अनुभवको आधारमा जनताको मनमा यस सहकार्यको दिगोपनामाथि आशंका छन । यसको खण्डन कुनै औपचारिक मन्तव्य वा वक्तव्यबाट होइन, व्यवहारबाटै गरिनेछ । यसलाई विफल पार्न आरम्भदेखि नै विभिन्न तत्वहरु क्रियाशील रहेको देखिएकै छ ।

तर राजनीतिलाई सधैंभरी प्रयोगको थलो बनाईराख्न सकिँदैन । त्यसो गर्न थालियो भने कुनै दिन आफैँद्धारा निर्मित व्युहमा फस्न सकिन्छ भन्ने तथ्यलाई सबैले हेक्का राख्नुपर्छ । हाम्रो पार्टी यस सहकार्यलाई दिगो, परिणाममुखि, सफल बनाउन आफ्नो सम्पूर्ण सामथ्र्य केन्द्रित गर्नेछ ।

अध्यक्ष ओलीले एमालेले देश र जनताको हितका लागि नयाँ सत्ता समिकरण बनाएकाले त्यसमा पदीय लालचा नराखेको दाबी गर्नुभयो ।