२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैदरावादले टी–२० क्रिकेटमा रच्यो नयाँ इतिहास, तोड्यो ७ वर्ष पुरानो विश्व कीर्तिमान



अ+ अ-

एजेन्सी । सनराइजर्स हैदरावादले आईपीएल २०२४ मा रेकर्ड बुकलाई पूर्णरुपमा परिवर्तन गरेको छ । सनराइजर्सले आईपीएलको इतिहासमा सर्वाधिक रन बनाएको अवस्थामा दिल्ली क्यापिटल्सविरुद्ध अर्को ठूलो कीर्तिमान बनाएको छ ।

उसले आईपीएलको ३५ औं खेलमा टी–२० क्रिकेट इतिहासमै उच्चतम पावरप्ले स्कोर बनायो ।

कीर्तिमानी प्रदर्शन गर्दै एसआरएचले पहिलो ६ ओभरमा बिना विकेट गुमाएर १२५ रन बनाएको थियो । ट्राभिस हेडले १६ बलमा आइपिएल २०२४ को सबैभन्दा छिटो अर्धशतक बनाए भने अभिषेक शर्माले १० बलमा ४० रन बनाए । एसआरएचले २०१७ मा डरहमविरुद्ध नटिङ्घमशायरको १०६र० को पुरानो रेकर्ड तोड्यो ।

यो सूचीमा सनराइजर्स हैदरावाद पहिलो स्थानमा पुगेको छ । साथै, उुले आईपीएल इतिहासको पहिलो पावरप्लेमा सबैभन्दा ठूलो स्कोर समेत बनायो । हैदरावादले केकेआरले २०१७ मा बनाएको १०५ रनको कीर्तिमान तोड्यो । सनराइजर्स हैदरावादले ५ ओभरमा १०० रनको अंक पार गरेको थियो ।