२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजमा नकारात्मक असर पार्ने दृश्यहरु प्रत्यक्ष प्रशारण नगरौं: नेपाल प्रहरी



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीहरुको प्रकाशन तथा प्रशारण नगर्न आम सञ्चार माध्यामहरुलाई आग्रह गरेको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले आईतवार काठमाडौंमा अपराधिक घटनाको समाचार संप्रेषण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी समाजमा नकारात्मक असर पार्ने विभत्स दृश्यहरु भ्युज बढाउने नाममा सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण नगर्न पनि सचेत गराएको छ ।

कार्यक्रममा बोल्दै विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले न्युनतम मानवीय संवेदनशीलतालाई ख्याल राखेर विभत्स दृश्य लगायतका समाजमा नकारात्मक असर पार्ने कुराहरु जथाभावी प्रकाशन तथा प्रशारण नगर्न सचेत गराउनु भयो । उहाँले पक्राउ पर्ने बित्तिकै अपराधी भनेर करार गर्ने काम नगर्न पनि सञ्चार माध्यामहरुको ध्यानाकर्षण गराउनु भयो । प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा नकारात्मक भावनाको विकास गराउने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई कडा निगरानीमा राखी कारबाही गर्ने कामलाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखेको बताउनु भयो ।

उहाँले भन्नुभयो, हाम्रो प्रहरीको त कति कमजोरी छन् । तर मिडियामा पनि जानेर वा नजानेर टयाक्क पक्राउ पर्ने बित्तिकै अपराधी भन्ने शब्द प्रयोग हुन्थ्यो । यस्तो स्थापित मिडियाबाट होइन । तर एफएमहरुमा जुन चाहीँ हामीले संदिग्ध अथवा अभियुक्त यस्तै भनेर प्रयोग गर्छौं । पहिलापहिला जस्तो हामीले पनि गर्‍यौं कि प्रेस मिट गर्दाखेरी दायाबायाँ हतियारधारी पूरा राखेर अभियुक्तलाई सार्वजनिक गरिन्थ्यो । त्यो यसो हेर्दाखेरी त्यति राम्रो देखिदो रहेनछ । अनि, त्यसलाई हामीले करेक्शन गरेका छौं । हामीले म यहीँ आएपछि पनि ३/४ जनालाई हामीले कारबाही गर्‍यौं । त्यो हामीले दुई, ३ पटक परिपत्र गर्‍र्यौ । र, पनि कहीँ त्यस्तो देखियो भने अहिले त्यो कमी भएको छ । यस्तै कुराहरु कतिपय भाषागत कुराहरु, अब कतिपय चाहीँ रेपका कुराहरु, जो अहिले कमी भएको छ ।

घटनाका कमी होइन, त्यसलाई उच्च प्राथमिकता नदिँदा नै राम्रो हुँदो रहेछ भन्ने देखिन्छ । र त्यस्तै सुसाईटको कुरा पनि । यसले समाजमा त्यो चाहीँ एक किसिमको यसको साईकोलोजिकल प्रभाव पनि हुँदो हो । त्यसैले यसलाई पनि एउटा सामान्य कर्नरमा राखिदियो भने राम्रो होला जस्तो लाग्छ । जुन मिडियाबाट त्यो भईपनि राखेको छ । त्यस्तै गरेर विभत्स दृश्य । अब कुनै ठाउँमा दुर्घटना हुन पाएको हुँदैन, त्यहाँ चाँही मेरो लाईक र लाईभ्समा कति भ्युज आउँछ भनेर चाँही घुमाईराखेका हुन्छौ । त्यहाँ उद्धार हुनतिर लागेका हुँदैनौं । न्युनतम मानवीय संवेदनाका कुराहरु पनि हामी कहाँ छौ भन्ने देखिन्छ त्यसैले । यो कुरा दुर्घटनाको कुरा चाहीँ जस्ताको तस्तै आउने कुराहरु, लाईभ गर्ने कुराहरु चाहीँ नआईदिए हुन्थ्यो भन्ने हामी ल इन्फोर्समेन्ट एजेन्सीको अपेक्षा हुँदो रहेछ । यो कुरा चाहीँ सर्वसाधरणमा पनि जाओस् भनेर भनिएको हो । किनकी यस्ता कुराहरु विभत्स दृश्यहरुले गर्दाखेरी मान्छेमा, समाजमा एकदम नकारात्मक असर पर्छ । यस्ता कुराहरु आम सञ्चारबाट गईदियो भने सुसुचित हुन्छन् भन्ने हाम्रो अपेक्षा हो ।

प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा नकारात्मक असर पुर्‍याउने खालका समाचार प्रशारण गर्न उपयुक्त नहुने तर्क समेत गर्नुभयो ।




भर्खरै