२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलले फुलहमलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले फुलहमलाई उसकै मैदानमा ३–१ गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन अलेक्जान्डर आर्नोल्ड, र्यान ग्राभेन्बेर्च र डिओगो जोटाले एक–एक गोल गरे । फुलहमका टिमोथी कासाग्नेले एक गोल फर्काए ।

जितसँगै लिभरपुल ३३ खेलबाट ७४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । आर्सनल समान खेलबाट समान अंकसहित शीर्षस्थानमा रहँदा म्यान्चेस्टर सिटी ३२ खेलबाट ७३ अंकका साथ तेस्रो स्थानमा छ ।

फुलहम ३४ खेलबाट ४२ अंकका साथ १२ औं स्थानमा छ ।