२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नमेटिने घाउ’ मा ओलीको अभिनयसँगै सकियो चलचचित्रको छायांकन



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’ छायांकन शुरु गर्नुभएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा अध्यक्ष ओलीले चलचित्रको सुटिङ शुरु गर्नुभएको हो । फिल्ममा अध्यक्ष ओलीको भुमिका प्रधानमन्त्रीको रहेको छ । चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो ।

फिल्म अभिनेता रमित ढुङ्गाना हुनुहुन्छ । केही दिनअघि मात्रै फिल्ममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि अभिनय गर्नुभएको थियो । छायांकनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै फिल्म निर्देशक रमित ढुंगानाले चलचित्रमा ६५ जना कलाकारहरु रहेको बताउनु भयो । उहाँले आज अध्यक्ष ओलीले अभिनय गरेसँगै ५१ औं दिनमा चलचित्रको छायांकन समेत सकिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो फिल्मको नाम किन नमेटिने घाउ भनेर सोधिने गरिन्छ । किनभने शरीरमा जुन एसिड पर्छ, त्यो शरीरमा परेपछि जतिसुकै सर्जरी गरेपनि नमेटिने भएकाले त्यसको नाम नमेटिने घाउ राखिएको हो । कसैको जीवनीमाथि आधारित छ । एउटा चलचित्र लाग्छ, तर यो चलचित्र भित्र ५ वटा चलचित्र छ । अध्यक्ष ओलीज्युको अभिनयसँगै आज ५१ दिनमा आएर चलचित्रको छायांकन सकिएको छ ।’

सामाजिक कथावस्तुमा आधारित फिल्म पोखरा, नवलपरासी, वीरगञ्ज, रौतहट, बनेपा, पनौती र भक्तपुरमा छायांकन भइसकेको छ ।