२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भयो :- कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भएको बताएका छन् ।

अठार वर्षको अनुभवबाट प्रमाणित तितो सत्य स्विकार्न हिनताबोध गर्न नहुने भन्दै थापाले असफल भएको गणतन्त्र लुटतन्त्रमा परिणत भएको समेत टिप्पणी गरे ।

आज पार्टीको काठमाडौं -८ क्षेत्रीय समितिले नरदेबिमा आयोजित कार्यक्रममा बोल्दै थापाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हुने भन्दै नेपालको भूराजनीतिक अवस्था र सामाजिक साँस्कृतिक परिवेशमा उन्नत लोकतन्त्र भनेको राजसंस्थासहितको लोकतन्त्र भएको समेत टिप्पणी गरे।

धर्म,संस्कृती र पहिचान रक्षाको निमित्त काठमाडौंबासी एकपटक जुरुक्क उठ्नुपर्ने समय आएको भन्दै थापाले मनपरितन्त्र र लुटतन्त्रको अन्त्यको लागि आन्दोलनको आबश्यकतामा समेत उनले जोड दिए । काठमाडौं -८ को क्षेत्रीय कार्यालयको उद्घाटन समेत गरेका अध्यक्ष थापाले विभिन्न ब्यक्तिहरुलाई पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा पार्टीका नेताहरु राजाराम बर्तौला,यबती कार्की , हिक्मतजङ्ग भण्डारी,यबती कार्की,सुनिता कुरुङ्गवाङ,श्याम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।