२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल: दोस्रो स्थानको लागि हैदरावाद र दोस्रो जितको लागि बेंगलुरु भिड्दै



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को ४१ औँ खेलमा आज सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्दैछ । हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

दुवै टोली यो सिजन दोस्रो पटक आमनेसामने हुँदैछन् । बेंगलुरुमा भएको अन्तिम खेलमा घरेलु टोली २५ रनले पराजित भएको थियो । यो खेलमा हैदरावादले आईपीएलको सबैभन्दा बढी स्कोर (२८७) बनाएको थियो।

यो हैदरावादको सिजनको आठौं खेल हुनेछ। ७ खेलमा ५ जित र २ हारसहित १० अंक जोडेको टोली अंक तालिकाको तेस्रो स्थानमा छ । अर्कोतर्फ, बैंगलोरुले आफ्नो नवौं खेल खेल्दैछ। टोलीले ८ मध्ये १ खेल मात्र जितेको छ भने ७ खेलमा हार बेहोरेको छ । आरसीबी २ अंकसहित तालिकाको पुछारमा १० औं स्थानमा छ ।

हेड टु हेडमा बेंगलुरुमाथि हैदरावादको हावी

हैदरावादले बेंगलुरुलाई हेड टु हेडमा हावी गरेको छ । यी दुई टोलीबीच हालसम्म आईपीएलमा कुल २४ वटा खेल भएका छन् । हैदरावादले १३ र बेंगलुरुले १० जित हात पारेको छ । जबकि एक खेलको नतिजा भने हुन सकेन ।

हैदरावादका ब्याट्सम्यानको उत्कृष्ट फर्म जारी, हेडले बनाए ३०० भन्दा बढी रन

सिजनको पहिलो खेलमा हैदरावाद कोलकातासँग पराजित भएको थियो । दोस्रो खेलमा मुम्बईलाई पराजित गरेको थियो । तेस्रो खेलमा पनि गुजरातसँग पराजित भएपनि त्यसपछि लगातार चेन्नई, पञ्जाब, बैंगलोर र दिल्ली गरि ४ खेल जितेको थियो ।

हैदरावादका ट्राभिस हेड, हेनरिक क्लासेन र अभिषेक शर्मा उत्कृष्ट लयमा छन् । तीनै जनाले २५० भन्दा बढी रन बनाएका छन् । हेड सर्वाधिक ३२४ रन बनाएका छन् । बलिङमा टी नटराजन १० विकेट लिएका छन् । कप्तान प्याट कमिन्सले ९ विकेट लिएका छन् ।

कोहली आरसीबी र लिग दुवैमा सर्वाधिक रन स्कोरर

बैंगलोरले सिजनका ७ खेलमा हार बेहोरेको छ । टोली चेन्नई, कोलकाता, लखनऊ, राजस्थान, मुम्बई, हैदरावाद र कोलकातासँग पराजित भएको थियो । टोलीले पन्जाबविरुद्धको एक खेल मात्र जितेको थियो ।

टोलीका पूर्व कप्तान विराट कोहली पनि यो सिजन आरसीबी र लिगका सर्वाधिक रन स्कोरर हुन्। अहिले कोहली मात्र ओरेन्ज क्याप भएका छन् । उनको नाममा ८ खेलमा ३ सय ७९ रन छन् । बलिङमा यश दयाल ७ विकेट लिएर शीर्ष स्थानमा छन् ।

सनराइजर्स हैदरावादको सम्भावित प्लेईङ​ ११:

प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, एडेन मार्कराम, नितिश कुमार रेड्डी, हेनरिक क्लासेन (विकेटकीपर), अब्दुल समद, शाहबाज अहमद, भुवनेश्वर कुमार, टी नटराजन र मयंक मार्कंडे।

ईम्प्याक्ट प्लेयर: वाशिंगटन सुन्दर।

रोयल च्यालेन्जर्स बैंगलोरुको सम्भावित प्लेईङ​ ११:

फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, विल ज्याक, रजत पाटीदार, क्यामरन ग्रीन, दिनेश कार्तिक (विकेटकिपर), महिपाल लोमरोर, कर्ण शर्मा, लोकी फर्गुसन, मोहम्मद सिराज र यश दयाल।

ईम्प्याक्ट प्लेयर: सुयश प्रभुदेसाई।