२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण



अ+ अ-

एजेन्सी । सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको स्थानीयरूपमा विकसित पृथ्वी अवलोकन नानोस्याटेलाइट (सानो उपग्रह) लाई न्युजिल्यान्डको एक अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएपछि कक्षमा स्थापित गरिएको छ ।

विज्ञान तथा सूचना प्रविधि मन्त्रालयका अनुसार बुधबार नियोनस्याट–१ नामको उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण यानबाट अलग गरिएको छ । रकेट ल्याब्स इलेक्ट्रोन रेकटमा दक्षिण कोरियाली समयानुसार बुधबार माहिया स्पेसपोर्टबाट उपग्रह प्रक्षेपण गरिएको थियो ।

नियोनस्याट–१ एघार नानो उपग्रहमध्येको एक हो । यसलाई दक्षिण कोरियाले उपग्रह समूह बनाउनका लागि प्रयोग गर्ने योजना बनाइरहेको छ । यसले कोरियाली प्रायद्वीप र त्यस वरपरका क्षेत्रहरूको निगरानी गर्नेछ र तस्बिर लिएर सरकारलाई राष्ट्रिय सुरक्षामा आउने कुनै पनि धम्की, प्राकृतिक विपत्ति वा कुनै पनि खतराको तुरुन्त प्रतिक्रिया दिन सहयोग गर्नेछ ।

दक्षिण कोरियोले सन् २०२६ जुनमा थप पाँच नानोस्याटेलाइट प्रक्षेपण गर्ने र सन् २०२७ सेप्टेम्बरमा स्वदेशी नुरी अन्तरिक्ष रेकटमा अन्य पाँचवटा नानास्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको छ ।




भर्खरै