२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज: बलियो कोलकाता र पञ्जाब खेल्दै



अ+ अ-

एजेन्सी । आईपीएल–२०२४ को ४२औं खेलमा आज कोलकाता नाइट राइडर्स (केकेआर) ले पञ्जाब किंग्स (पीबीकेएस)सँग खेल्दैछ । कोलकाताको इडेन गार्डेन स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

कोलकाता र पञ्जाब यस सिजनमा पहिलो पटक आमनेसामने हुँदैछन्।

आज कोलकाता सिजनको आठौं खेल खेल्दैछ । ७ खेलमा ५ जित र २ हारसँगै १० अंक जोडेको टोली अंक तालिकाको दोस्रो स्थानमा छ । अर्कोतर्फ, पञ्जाबले आफ्नो नवौं खेल खेल्दैछ। टोलीले ८ खेलमध्ये २ मा मात्रै जित हासिल गरेको छ भने ६ खेलमा हार बेहोरेको छ ।

हेड टु हेडमा कोलकाताको अग्रता

कोलकाताले पञ्जाबलाई हेड टु हेडमा हावी गरेको छ । यी दुई टोलीबीच हालसम्म कूल ३२ आईपीएल खेल भएका छन् । कोलकाताले २१ र पञ्जाबले ११ खेल जितेको छ ।

कोलकाताका लागि नारायण सर्वाधिक रन स्कोरर

कोलकाताले सिजनका सात खेलमध्ये पाँच खेल जितेको छ। टीमले हैदरावाद, दिल्ली, लखनउ र बैंगलोरलाई दुई खेलमा पराजित गरेको थियो। टोलीले चेन्नई र राजस्थानसँग गरि २ खेल हारेको छ ।

टोलीका लागि सुनिल नारायणले सर्वाधिक रन बनाएका छन् । उनले ७ खेलमा २८६ रन बनाएका छन् । बलिङमा आन्द्रे रसेल शीर्ष स्थानमा छन् ।

पञ्जाबका शशांक सिंह सर्वाधिक रन स्कोरर

पञ्जाबले यो सिजनमा ६ खेलमा हार बेहोरेको छ । पञ्जाबले बेंगलुरु, लखनऊ, हैदरावाद, राजस्थान, मुम्बई र गुजरातसँग हार बेहोरेको छ। टोलीले दिल्ली र गुजरातसँग जितेको छ ।

पञ्जाबका शशांक सिंहले सर्वाधिक रन बनाएका छन् । उनले ८ खेलमा १९५ रन बनाएका छन् । हर्षल पटेल टोलीका सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

कोलकाता नाइट राइडर्सको सम्भावित प्लेईङ​ ११:

श्रेयस अय्यर (कप्तान), फिल साल्ट (विकेटकीपर), सुनील नारायण, भेंकटेश अय्यर, अङ्क्रिश रघुवंशी, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, वरुण चक्रवर्ती र हर्षित राणा।

ईम्प्याक्ट प्लेयर: सुयश शर्मा।

पञ्जाब किंग्सको सम्भावित प्लेईङ​ ११:

साम कुरान (कप्तान), प्रभसिमरन सिंह, रिले रुसो, जितेश शर्मा (विकेटकिपर), लियाम लिभिङ्स्टन, शशांक सिंह, आशुतोष शर्मा, हरप्रीत ब्रार, हर्षल पटेल, कागिसो रबाडा र अर्शदीप सिंह।

ईम्प्याक्ट प्लेयर: राहुल चाहर।