२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैदराबादको प्रदर्शनले निराश देखिएकी को हुन् यी सुन्दरी ?



अ+ अ-

एजेन्सी । आईपीएलमा सनराइजर्स हैदराबादको खेल हुँदा क्यामेरामा निकै कैद हुन्छिन् एक सुन्दर महिला । टोलीको प्रदर्शनमा कहिले निराश त कहिले खुसी हुने उनको रियक्शन निकै भाइरल हुन्छ । उनी कहिले हैदराबादको जर्सीमा आउँछिन् भने कहिले अन्य ड्रेसमा । उनी हुन् हैदराबाद टिमकी मालिक काव्या मारन ।

आईपीएलमा आफ्नो टिमको हरेक खेलमा उनी देखिएकी छिन् । काव्याले आफ्नो अभिव्यक्ति लुकाइनन् ।

बिहीबार रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)सँग हैदराबाद ३५ रनले पराजित भयो । हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर २०६ रन बनाएको थियो ।

जवाफमा हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सक्यो । उनलाई हेर्दा यो खेलमा सनराइजर्स हैदरावादको स्थिति कस्तो छ भन्ने स्पष्ट हुन्थ्यो । यस खेलमा काव्या आफ्नो टोलीको प्रदर्शनबाट निकै निराश देखिएकी थिइन् ।

अब्दुल समद आरसीबीविरुद्धको खेलमा हैदराबादको अन्तिम आशा थिए । कर्ण शर्माको बलिङमा उनी आउट हुनेबित्तिकै टोलीको आशा चकनाचुर भयो । त्यसपछि काव्याले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

काव्या हैदराबादकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) र मालिक हुन् । काव्याको जन्म अगस्ट ६, १९९२ मा चेन्नईको एक धनी व्यापारी परिवारमा भएको थियो । उनका बुबा कलानिथी मारन सन ग्रुपका अध्यक्ष र संस्थापक हुन् ।

चेन्नईको एक विद्यालयबाट आफ्नो स्कूली शिक्षा पूरा गरेपछि, उनले स्टिल स्टेला मारिस कलेज, चेन्नईमा प्रवेश गरिन् र वाणिज्यमा स्नातक डिग्री प्राप्त गरे । त्यसपछि काव्या थप अध्ययनका लागि बेलायत गइन् । त्यहाँ उनले न्यूयोर्क विश्वविद्यालयसँग सम्बद्ध लियोनार्ड एन स्टर्न स्कूल अफ बिजनेसबाट एमबीए डिग्री हासिल गरिन् ।

पढाइ सकेपछि उनी भारत फर्किइन् र आफ्नो पारिवारिक व्यवसाय सन टिभी नेटवर्कमा आबद्ध भइन् । काव्या मारनलाई सन् २०१९ मा सन टिभी नेटवर्कको निर्देशक प्यानलमा समावेश गरिएको थियो ।

काव्या मारनलाई क्रिकेटमा गहिरो रुचि छ । आईपीएलमा खेलाडीको लिलामीमा उनी जसरी बोलीमा देखिन्छिन्, त्यसले टोलीका लागि खेलाडी छनोटमा उनको महत्वपूर्ण भूमिका रहेको देखाउँछ ।

काव्या मारनको परिवार व्यवसायसँग मात्र सम्बन्धित छैन, उनको परिवारमा राजनीतिक प्रभाव पनि छ । काव्याका हजुरबुबा मुरासोली मारन पूर्व केन्द्रीय वाणिज्य मन्त्री थिए र उनका काका दयानिधि मारन केन्द्रीय मन्त्री थिए । रिपोर्टका अनुसार काव्याको अनुमानित कुल सम्पत्ति करिब ४०९ करोड रुपैयाँभन्दा बढी रहेको छ ।